Flash

काठमाण्डौ कार्तिक २२ – आफ्नो जिबनको सर्वस्व ठानिएको मान्छेको रुपको बर्णनमा एक निकै मन छुने गीत बजारमा आएको छ । उक्त गीत “आज किन” बोलको रहेको छ । मानिसको जिबनमा बिहान बेलुकाको खाना जस्तै आफ्ना दैनिकी अगाडी बढाउनको लागि गीत संगीत पनि अत्यावस्यक हुने गरेको छ । यसैले पनि कलाकारहरुले अथाह मेहनत पश्चात यी यस्ता गीत संगीतहरु बजारमा ल्याउने गरेका छन् । प्रस्तुति गीतलाई मेलोडी म्युजिकल ग्रुपले सार्बजनिक गरेको हो ।

मेलोडी म्युजिकल ग्रुपले यस अघि पनि केहि गीत सार्बजनिक गरिसकेको छ । अबको दिनमा पनि विभिन्न गीत संगीतहरुबाट निरन्तर रुपमा अशंख्य श्रोता तथा दर्शक आनन्दित तुल्याउने ग्रुपले जनाएको छ । “आज किन” बोलको गीतमा मेलिना राई र थमन मगर स्काईको कर्णप्रिय स्वर सुन्न सकिन्छ । गीतलाई शब्द संगीत निमा शेर्पाले भरेका हुन् ।

कुनै पनि गीतको अडियोलाई निकै मेहनतका साथ तयार परिसकेपछि भिडियो पनि उत्तिकै स्तरीय बनाउन पर्ने आवस्यक रहेको छ । किन कि पछिल्लो समय गीत सुन्नमा भन्दा पनि हेर्नमा अशंख्य संगीत प्यासिहरुको आकर्षण बढ्न थालेको छ । यस गीतको म्युजिक भिडियोलाई पनि उत्तिकै स्तरीय ढंगले तयार पारिएको छ । भिडियोमा सुधिर श्रेष्ठ र नेहा तामाङ्गको अभिनय देख्न सकिन्छ “किन आज” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन अनिल एम.आर “ग्लास”, सुजन बज्राचार्य “खोपय, छायांकन मोहन कुमार “झिलु र सम्पादन अनिल कुमार महर्जनले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2020-11-07

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ