Flash

पिट्सबर्ग, पेन्सीलभानिया निवासी  लोकप्रिय गीतकार पुनम मोथेको नयाँ सांगीतिक कोसेली ‘पहिलो माया’ सार्वजनिक भएको छ लोकप्रिय गायिका रचना रिमालको स्वर , शंकर थापा ‘स्माइल’को संगीत, र उदयराज पौडेलको एरेन्ज रहेको गीतको म्युजिक भिडियोमा नायिका केकी अधिकारी , सुधिर श्रेष्ठ र प्रियाना आचर्य अभिनित छन् । प्रेम कथामा आधारित गीतको भिडियोलाई गीतकार पुनमले आफ्नै अफिसियल युट्युब च्यानल ‘ Poonam Mothey Official’ बाट सार्वजनिक गर्नु भएको हो।
निकेश खड्काको निर्देशन रहेको भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी , विकाश धमलाको सम्पादन रहेको छ । कोरना कहर र बिदेशमा रहेर पनि नेपाली सांगीतिक छेत्रमा निरन्तर लागिरहनु भएकी गीतकार मोथेको यसअघिका ‘झुठो रैछ तिम्रो माया’ र ‘सयौं जुनी’ गीतहरु सर्वाधिक रुचाइएका गीतहरु हुन । निकै मेहनतका साथ गीत र म्युजिक भिडियोको निर्माण गरिएकोले गीतको भिडियो हेरेर प्रतिक्रिया दिन गीतकार पुनमले सम्पूर्ण दर्शक स्रोतालाई आग्रह गर्नु भएको छ ।

 

 

 

Published date : 2020-11-10

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ