Flash

काठमाडौं । गायक डार्विन लुंगेली र गायिका सानु तामाङको युगल स्वरमा रहेको गीत ‘हवाई अड्डा’को म्युजिक भिडियो सार्वजनिक भएको छ। गायक लुंगेलीले २०१६ मा युरोप घुम्न जादा एयरपोर्टमा मान्छेहरु भेट्ने छुट्ने क्रममा देखेको दृश्यबाट प्रेरित भएर यो गीत लेखेका हुन्। गीतमा रोमन बज्राचार्यको संगीत रहेको छ। पुराना प्रेमी-प्रेमिकाको सफल हुन नसकेको प्रेम संघर्षमा केन्द्रित म्युजिक भिडियोमा सुमित तामाङ , कुसुम गुरुङ र सुरज तमुको मुख्य भुमिका देख्न सकिन्छ। साथै छिरिङ शेर्पा, सुवास तिमल्सिना, पवन गुरुङ, संगोक तामाङ लगायत कलाकारले पनि भिडियोमा अभिनय गरेका छन् । भिडियोमा विजय ताम्राकारको छायांकन र सम्पादन रहेको छ। सुरज तमुको कन्सेप्ट र निर्देशनमा भिडियो तयार पारिएको हो। ओएसआर डिजिटलको अफिसिएल युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो।
विदेशमा बसेर आफ्नो संगीत यात्रालाई अघि बढाइरहेका गायक लुंगेलीले यस गीतको म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिनहुन सम्पुर्ण दर्शक , स्रोतालाई आग्रह गरेका छन्। साथै आगामी दिनहरुमा अझै स्तरिय सिर्जनाहरु सार्वजनिक गर्दै जाने गायक लुंगेलीले बताएका छन्।

 

Published date : 2020-11-11

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ