Flash

काठमाण्डौ कार्तिक २७ – डोल्पा जिल्लाको सान हामि सम्पूर्ण नेपालीहरुको पहिचान गायक तथा सर्जक बिमल डाँगीले निकै उत्कृष्ट गीत संगीतको उत्पादनहरु बजारमा ल्याइरहेका छन् । उनले विभिन्न गीत संगीत मात्र होइन डोल्पालीहरुको यथार्थ कथामा एक फिल्म पनि निर्माण गरिसकेका छन् । पानसमा बत्ति बालेको गीतले सफलता प्राप्त गरिसकेपछि बिमलले कहिले पछाडी फर्केर हेर्न परेन । यो भन्दैमा बिगतका त्याग र तपस्यालाई कहिले नभुली निरन्तर आफ्नो कर्मप्रति समर्पित हुने उनको बानीले थप उचाईमा पुर्याएको हो ।

उनै गायक तथा सर्जक बिमल डाँगीले पछिल्लो पटक आफ्नै शब्द संगीतमा रहेको २ गीतलाई पुनः रेकर्ड गरेर नयाँ स्वरूप दिएका छन् । उक्त गीतमा हाम्रो माया चर्किएको तिमि बाट म टाढा हुँदैछु बोलको रहेको छ । प्रस्तुत गीतलाई अहिले अशंख्य श्रोता तथा दर्शकहरुले रुचाएका छन् । हाम्रो माया चर्किएको, बोलको गीतमा प्रविन बेडुवाल र रचना रिमालको सुमधुर स्वर सुन्न सकिन्छ भने अर्को गीत तिमि बाट म टाढा हुँदैछुमा मेनुका परियारको सुमधुर स्वर सुन्न सकिन्छ ।

यिनै गीतको चौतर्फी सफलता पछी बिमलले “मेरो हजुर” बोलको गीत पनि बजारमा ल्याउने तयारी गरिरहेका छन् । यो गीत उनकै अर्धांगिनी सरिता डाँगी संगको संयुक्त प्रस्तुति रहने जानकारी प्राप्त भएको छ । बिमल डाँगी कै लय तथा शब्द सृजनाले सजिएको “मेरो हजुर” बोलको गीतमा बिमल डाँगी र सरिता डाँगीको सुमधुर स्वर सुन्न सकिन्छ । तिहारको समाप्ति लगत्तै सार्बजनिक हुने गीतको म्युजिक भिडियोमा दुर्गेश थापा र निता ढुंगानाको फिचरिंग रहने कुरा पनि जानकारी प्राप्त भएको छ । गीतको अडियो तथा भिडियोलाई बिमल डाँगी युट्युब च्यानल मार्फत सार्बजनिक गरिनेछ ।

हामि गायक तथा सर्जक बिमल डाँगीका अन्य अघिल्ला सिर्जना जस्तै यस गीतको पनि पूर्ण सफलताको शुभकामना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

हाम्रो माया चर्किएको

तिमि बाट म टाढा हुँदैछु

Published date : 2020-11-12

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ