Flash

काठमाडौं । आफ्नी आमा चर्चित लोक गायिका डेजी बराईलीको स्वरमा रहेको गीत ‘भैसी लड्यो है’ गाएर भ्वाइस अफ नेपालको मंच बाट आफुलाई परिचित गराउन सफल गायिका बिमोचना लम्जेलको सुमधुर स्वरमा रहेको नयाँ गीत ‘सपना मेरो’को म्युजिक भिडियो सार्वजनिक भएको छ।
एक युवतीको भविष्यको सपना र कल्पना व्यक्त गरिएको यस गीतका शब्द गायिका लोम्जेल र विवेक क्षेत्रीले मिलेर लेखेका हुन। गीतमा संगीत गायिका लम्जेल र दार्जिलिङका सुपरिचित संगीतकार र गितारवादक अनित थापाको रहेको छ।
दार्जिलिङमा रेकर्डिङ भएको गीतको भिडियो पनि दार्जिलिङको मिरिक वरपर छायांकन गरिएको हो। म्युजिक भिडियोमा अंकिता थुलुङ राई, सुभाष तामाङ, बिन्द्या तामाङको अभिनय देख्न सकिन्छ। अरविन्द राज प्रोडक्शनको निर्माणमा तयार पारिएको भिडियोलाई गायिका लोम्जेलको अफिसिएल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो।
दिवापलीको शुभकामना सहित यस गीतको म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन गायिका लोम्जेलले सम्पुर्ण दर्शक स्रोर्ता तथा मिडिया हाउसलाई आग्रह गरेकी छिन्।

 

Published date : 2020-11-14

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ