Flash

गायक अनुप गुरुङको ‘गल्ती’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। पप भर्सनको यस गीतमा स्वर , शब्द र संगीत स्वयम् गायक अनुप गुरुङको रहेको छ। गीतमा जेनरिस्क म्युजिकको संगीत संयोजन रहेको छ। प्रेम सम्बन्धमा हुने गल्तीहरुको कथा प्रस्तुत गरिएको म्युजिक भिडियोमा गौरव पहारीको साथमा सैयारा लामा फिचर्ड छन्। भिडियोमा आरजे गुरुङले छायांकन रहेको छ। राम आईडु सहायक निर्देशक रहेको यस भिडियोलाई बाल कुमार मगरको सम्पादन र निर्देशनमा तयार पारिएको हो। ओएसआर डिजिटल मार्फत भिडियो सार्वजनिक भएको हो। यसअघि गायक गुरुङले ‘जुनी यो संगै’ , ‘आँखाको नानी’ लगायतका थुप्रै गीतहरु सार्वजनिक गरिसकेका छन्। हाल हङकङमा रहेका गायक गुरुङले यस म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन सम्पुर्ण दर्शक ,स्रोता तथा मिडिया हाउसलाई आग्रह गरेका छन्।

 

Published date : 2020-11-24

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ