Flash

काठमाण्डौ माघ ०३ । धागो राम्रो घुम्ने चर्खाको, कति मिठो बोलि, पाइलै पिच्छे जरो खन्छ्यौ रे, यो बैंशमा रुन पर्याछ, धोकै दिएयौ नि लगाएतका गीतहरुबाट चर्चाको शिखर चुमेका लोकप्रिय सर्जक उदय भट्टराईको निकै समयको अन्तराल पछी अर्को कर्णप्रिय गीत “किन माया लाउँछ” भर्खरै बजारमा आएको छ । गोर्खा नगरपालिका वडा नम्बर १ श्याम बजारमा जन्मिएका उनि हाल अमेरिकामा रहेका छन् । गीत संगीतको क्षेत्रमा ब्यवासाहिकता नभई रहंदा पनि यस क्षेत्रको सम्वृद्धिका लागि उदय जुर्मुराई रहेका छन् ।

“किन माया लाउँछ” बोलको यस गितमा स्वर खेम सेन्चुरी र सुनिता बुढा क्षेत्रीको रहेको छ भने लय शब्द उदय भट्टराईको नै रहेको छ । एक प्रेमी जोडीको सम्बन्धमा जातियताको कारण समाजको तगारो उत्पन्न भएपछी अलग रहनु पर्दाको वियोगान्त भावमा तयार भएको यस गीतको म्युजिक भिडियोमा ओ.बि रायामाझि रोशनि कार्कि र इश्वर बि.क  को अत्यन्त घत लाग्दो अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन बिनोद भण्डारीले गरेका हुन् भने छायांकन करन चैंसिर र सम्पादन बिकाश ज्ञवालीले गरेका छन् ।

गीतको सर्वधिकार गोल्डेल क्रिएसन संग रहेको छ । अहिले यस गीतको म्युजिक भिडियोलाई उदय भट्टराई युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ । यस गीतका सर्जक उदय भट्टराई, गत दिनहरुका सिर्जना जस्तै यस सामाजिक यथार्थता संग रुमलिएको सिर्जनालाई पनि उत्तिकै माया गरिदिनु हुनेछ भन्ने कुरामा ढुक्क रहेका छन् । उनी अझै थप्छन्, नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्र बिकृति र विसंगति रहित बनाउनका लागि मौलिक सिर्जनालाई प्रमुख प्राथामिकता दिन आम संगीत पराखी श्रोता तथा दर्शकहरुमा अनुरोध गर्दछन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2021-01-16

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ