Flash

काठमाण्डौ फाल्गुन ०८ । जिबनमा कसैलाई मन पराईन्छ भने उ प्रति कहिले काहि घुर्किपन पनि आउन सक्दछ, किन कि जस्लाई मन देखि माया गरिन्छ , त्यो माया प्रगाड बनाउनको लागि यस्ता किसिमका ब्यवहार पनि आवस्यक हुने गर्दछ । यस्तै भावमा भर्खरै मात्र प्रदिप अधिकारिको लयमा सिद्धार्थ आले मगर, सन्जय पुलामि प्रस्तुति “पिरति छ धेरै” बोलको गीत सार्बजनिक भएको छ ।

धादिंग जिल्लामा जन्मिएर हाल काठ्माण्डौ आफ्नो सांगितिक कर्मथलो बनाईरहेका प्रदिपले यस अघि पनि थुप्रै गितहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । उनि पहिलेका आफ्ना प्रस्तुतिलाई झै यस प्रस्तुतिलाई पनि आफ्ना श्रोता तथा दर्शकको तर्फबाट साथ प्राप्त हुने कुरामा बिस्वस्थ रहेका छन् ।

“पिरति छ धेरै” बोलको गितमा सिद्धार्थ आले मगर, सन्जय पुलामि र मेनुका परियारको सुमधुर स्वर सुन्न सकिन्छ । प्रदिप अधिकारिको लय र  रमेश बि.जि को शब्द द्वारा सजिएको यस गितको म्युजिक भिडियोलाई दिपेन्द्र तिमल्सिनाले निर्देशन गरेका छन् । नेपालि गीत संगितको म्युजिक भिडियो निर्देशनको पाटोमा निर्देशक दिपेन्द्र सफल मानिन्छन् ।

यस गितको म्युजिक भिडियोमा बिमल अधिकारी, जिबेश सिंह गुरुङ्ग, गरिमा शर्मा र बिना बिस्वकर्माको अभिनय देख्न सकिन्छ । भिडियोलाई छायंकन, नवराज उप्रेति लगाएतले गरेका हुन्  भने सम्पादन मनोज कार्किको रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2021-02-20

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ