Flash

काठमाण्डौ फाल्गुन ९  । बिजया पुनको (पत्थरको मुटु) पछिको धमाकेदार गीत”मया पिरिम”बजारमा गायक ऋषी खड्काको “मया पिरिम” सार्वजनिक गायक ऋषी खड्का र समिक्षा अधिकारीको नयाँ गीत “मया पिरिम” (भिडियो सहित) काठमाडौँ । यतिबेला नेपाली सांगीतिक बजार तातीएको छ, न तातियोस पनि किन जहाँ जहिले जुन बेला पनि जे सुकै हुन सक्ने बजार न हो! गीत संगीत भन्ने बितिकै जस्तोलाई पनि सहज मनोरंजन दिन र लिन सक्ने उपयुक्त औषधि भन्दा फरक पर्दैन ।

नेपाली सांगीतिक बजारमा दिन प्रतिदिन नयाँ गीत भित्रिने क्रम बढ्दो छ । यस्तैमा जिबनमा कसैलाई मन पराईन्छ भने उ प्रति कहिले काहि घुर्किपन पनि आउन सक्दछ, किन कि जस्लाई मन देखि माया गरिन्छ , त्यो मायालाई पाउन यस्ता प्रगाड गर्ने गरिन्छ। यस्तै कथामा आधारित गीत भर्खरै मात्र गायक ऋषी खड्का र समिक्षा अधिकारीको सुमधुर स्वरमा रहेको गीत “मया पिरिम ” सार्वजनिक भएको छ ।

हाल काठ्माण्डौ आफ्नो सांगितिक कर्मथलो बनाईरहेका ऋषी खड्काले यस अघि पनि थुप्रै गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । गायक ऋषी खड्का र समिक्षा अधिकारीको नयाँ सागीतिक कोसेली “मया पिरिम ” श्रोता दर्शक माझ लिएर आएका छन्। सर्जक तथा गीतकार रबिन लामिछानेको उत्कृष्ट शब्द सिर्जना राजेको गीतमा ऋषी खड्का गायक आफैले संगीत भरेका छन् भने केशव बाडुले एरेन्ज गरेका हुन् ।

मौसम हिमालीको निर्देशनमा रहेको गीतको भिडियोमा चर्चित मोडेलअञ्जली अधिकारी र बिजय पुन(पथर्को मुटु) को अभिनय रहेको भिडियोमा अन्य कलाकारहरुले साथ दिएका छन् । शिव शरण न्यौपानेले छायांकन गरेको भिडियोलाई प्रविन हुन् भने निम्रोध राईले साथ दिएका छन् । भिडियोमा कैद दृश्य उपत्यका र काभ्रेका विभिन्न रमणीय ठाउँमा छायांकन गरिएको गीतको भिडियोलाई प्रबिन भट्टले सम्पादन गरेका हुन् ।“मया पिरिम ””बोलको गीत गायक ऋषी खड्काको अफिसियल युट्यूव च्यानल मार्फत सार्बजनिक गरिएको हो

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2021-02-21

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ