Flash

काठमाण्डौ फाल्गुन २० । विश्व रेकर्डका लागि विश्वकै उच्च स्थानमा रेकर्ड गरिएको गीत र सोही गीतको भिडियो सार्वजनिक गरिएको छ । विश्वकै सर्वाधिक अग्लो उचाई (४८१३ मिटर) मा अडियो रेकर्ड तथा भिडियो छाँयांकन गरिएको गीत “गोक्यो री” बोलको रहेको छ । मिलन किराँतीको गीत, विक्रम राईको संगीतमा वविना किराँतीले स्वर रहेको गीत सोलुखुम्बु अवस्थित गोक्यो ताल क्षेत्रमै रेकर्ड गरिएको हो भने भिडियो छांयांकन पनि सोही ठाउँमा गरिएको छ ।

पर्यटन प्रबर्धनको लक्ष्य राख्दै विश्व रेकर्ड कायम गर्ने द्येयले विश्वकै उच्च स्थानमा गीत र भिडियो रेकर्ड तथा छायांकन गरिएको प्रोजेक्टका अवधारणाकर्ता तथा पर्यटन व्यवसायी सन्च खालिङले बताए । रेकर्डिङ सिष्टम गोक्योमै लगेर गीत रेकर्ड गरिएको हो ।’ उनले भने, ‘गीतको रेकर्ड साउण्ड रेकडिष्ट छिरिङ भोटेले गर्नुभएको हो ।

गिनिज बुक अफ वल्र्ड रेकर्डको प्रक्रियामा रहेका यो गीत र भिडियो निर्माणमा ४ जनाको सहकार्य रहेको निर्माता राजन खरेलले बताए । पर्यटन व्यवसायी द्धोय सन्च खालिङ (सोलुखुम्बु–काँकु), लक्ष्मण कार्की (सोलुखुम्बु–सोताङ) र पावल राई ( म्यूजिसियन) निर्माताको रुपमा रहेका छन् । दुलर्भ जन्तरे (सोलुखुम्बु–सोताङ)को निर्देशनमा तयार भएको गीत र भिडियो निर्माणमा हालसम्म करिब २० लाख खर्च भइसकेको निर्माण टिमले जनाएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2021-03-04

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ