Flash

काठमाण्डौ फाल्गुन २२ । स्थायी घर काभ्रे भएका लोकप्रिय गायक, सर्जक एवं संचारकर्मी शरण हुमागाईंको पछिल्लो प्रस्तुति “भिरैमा खनायो” भर्खरै सार्बजनिक भएको छ । उनले यस अगी पनि थुप्रै गीतहरु बजारमा ल्याइसकेका छन् । जाउँ हिड सरर काभ्रे घुम्नलाई, हाँस्ने खेल्ने, जुनको ज्योति, खुसि लिएर, चन्चले नानि लगाएत गीतहरु आज पनि उत्तिकै लोकप्रिय रहेका छन् । बिशेष गरेर ब्यवसाहिकताको नाममा मौलिकता भुल्न नचाहने शरणले संचार माध्यमबाट मौलिक गीत संगीतको जगेनार्थ आफ्नो भूमिका निर्वाह गरि नै रहे ।

उनै शरणको पछिल्लो गीत “भिरैको खनायो” मा शरण हुमागाईं र सावित्री श्रेष्ठको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय बिष्णु तामाङ्गले तयार परेका हुन् भने शब्द गयाम स्वयम् को रहेको छ । गीतलाई प्रगाड प्रेमभावमा तयार पारिएको छ । यस गीतको म्युजिक भिडियोमा प्रकाश तामाङ्ग राज, शुसिता तामाङ्ग र भरतराज जोशीको आकर्षक अभिनय देख्न सकिन्छ । मिलन श्रेष्ठ द्वारा निर्देशित भिडियोलाई छायाँकन मुकेश हुमागाईंले गरेका हुन् भने सम्पादन रोशन धितालले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2021-03-06

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ