Flash

काठमाडौं,साउन १। गीतकार  डा.प्रकाश पौडेलको नयाँ गीत ‘फूलकुमारी’ सार्वजनिक भएको छ गीतको भिडियोमा नायक पल शाह र चर्चित समाचारवाली श्री पाण्डे अभिनय रहेको छ । राजनराज सिवाकोटीको स्वर र संगीत रहेको गीत ‘फूलकुमारी’ भिडियोमा मोडेल श्री पाण्डे र नायक पल शाहको अनस्क्रीन रोमान्स गरेका छन् ।
गीतको भिडियोलाइ काठमाडौ उपत्यका आसपासका रमणिय ठाउहरुलाइ समेटिएर छायांकन गरिएको छ । उत्सव दाहालको क्यामेरा, विकास दाहालको सम्पादन रहेको ‘फूलकुमारी’लाइ ‘ट्वान्टीवान लभ’, ‘यु एन आई’ जस्ता सफल सिरिजका निर्देशक सरिन पोखरेलले निर्देशन गरेका हुन् ।
विगत १७ वर्षदेखि नेपाली गीत संगीतको क्षेत्रमा सक्रिय म्युजिक कम्पनी एसियन म्युजिक कम्पनीले भिडियोको बजार व्यवस्थापनको जिम्मा लिएको छ । गीतलाई युट्युब लगायत संसारभर ७० वटा डिजिटल प्लेटफर्ममा एकैपटक सार्वजनिक गरिएको एसियन म्युजिक कम्पनीका प्रमुख निर्देशक ईश्वर गुरुङले जानकारी दिनुभयो ।
पेसाले चिकित्सक रहेका डा.प्रकाश पौडेल विगत केही वर्षदेखि नेपाली सांगीतिक क्षेत्रमा सफल गीतकारको परिचय बनाइसकेका छन् ।

 

Published date : 2021-07-16

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ