Flash
काठमाडौं । युवा गायक अमन प्रधानले आफ्नो बिल्कुलै नयाँ सांगीतिक सौगात ‘नक्कली’ सार्वजनिक गरेका छन। युवा प्रेम र आकर्षणलाई व्यक्त गरिएको यस गीतमा शब्द अस्ट्रेलियामा रहेकी गायिका एवम् गीतकार अबुन पाण्डेको रहेको छ।
टिका दाहालले संगीतवद्द गरेको यस गीतलाई गायक प्रधानका बुवा राहुल प्रधानले संगीत संयोजन गरेका हुन । गायक प्रधान र प्रियाना आचार्य ‘मुन्नी’ बीचको अन्स्क्रिन प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको यस भिडियोलाई बुद्ध थापाले छायाँकन गरेका हुन।
विकाश धमलाले सम्पादन गरेको यस भिडियोलाई निकेश खड्काको निर्देशनमा तयार पारिएको हो। कान्तिपुर होलिडेज अस्ट्रेलियाको सहयोग रहेको यस भिडियोलाई गायक प्रधानको आधिकारिक च्यानल अमन प्रधान (Aman Pradhan) मार्फत सार्वजनिक गरिएको हो।
Published date : 2022-02-04