Flash

काठमाण्डौ माघ १९ – हिजो आज नेपाली गीत संगीतको क्षेत्रमा क्षेणिक आनन्दका गीत संगीतहरु बजारमा प्रसस्त्र मात्रामा भेट्ने गरिन्छ । जसको कारण कलाकारिता क्षेत्रमा कलाकारहरुले  शसक्तता नपाएका हुन् भन्ने अनुमान गर्न सकिन्छ । यसैलाई ध्यानमा राखेर आफ्नो सांगीतिक यात्राले दिर्घ रुप प्राप्त गरोस् भन्दै, पिरतीको जेल, डोको र नाम्लो बोकेर, रेडी भएर बस्नु लगाएतका थुप्रै  सदाबहार गीत संगीतहरु बजारमा ल्याइसकेका काभ्रेली युवा गायक आर.के श्रेष्ठले पुनः अर्को गीत सार्बजनिक गरेका छन् ।

उक्त गीत “मुरली बज्यो तिरिरी” बोलको रहेको छ । उनका यस भन्दा पहिलेका सांगीतिक प्रस्तुत सुन्दा र हेर्दा जो कोहीलाई पनि प्रसंसा गर्न मन लाग्ने किसिमका रहेका छन् ।

भर्खरै सार्बजनिक भएको “मुरली बज्यो तिरिरी” बोलको गीतलाई अष्ट लामाले संगीत भरेका हुन् भने शब्द रमेश अधिकारीको रहेको छ । आर.के श्रेष्ठ द्वारा नै स्वर बद्ध भएको यस गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ । भिडियोमा आनन्द गुरुङ्ग लक्ष्मी गुरुङ्ग र राजेश श्रेष्ठको आकर्षक अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन शिब बि.क ले गरेका हुन् भने छायांकन मधुर बस्नेत, शम्भु चालिसे र सम्पादन मेक बहादुर थापाले गरेका छन् । “मुरली बज्यो तिरिरी” बोलको गीतलाई आर.के श्रेष्ठ युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2022-03-03

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ