Flash

काठमाण्डौ चैत्र ७ – घैया मकै, बाँसको धोको, लगाएत गीत संगीतहरु पस्किएर अशंख्य सांगीतिक पारखिहरुको मन जित्न सफल सफल जोडी रामशरण आले र शम्भु नेपालको सहकार्यमा पुनः अर्को गीत सार्बजनिक भएको छ । प्रस्तुत गीत “जाले रुमाल” बोलको रहेको छ ।

रामशरण आले, शम्भु नेपाल र भोजराज रखाल मगरको संयुक्त प्रस्तुतिको रुपमा बजारमा आएको यस गीतले नेपाली लोक दोहोरी, त्यसमाथि पनि काँठ क्षेत्रमा छुट्टै छलाङ्ग मार्ने अनुमान गर्न सकिन्छ । किन कि यस गीतको लय शब्द गायकी र भिडियो मेकिङ्ग पनि निकै मझ्बुद रहेको छ ।

माथि उल्लेखित गीतमा रामशरण आले भोजराज रखाल मगर र सिर्जु अधिकारीको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय राम्जी थापा मगरले भरेका हुन् भने शब्द उनै ख्यातिप्राप्त सर्जक शम्भु नेपालले लेखेका हुन् । गीत सुन्दा नै निकै आनन्दको अनुभूति हुने समायोजन रहेको छ ।

“जाले रुमाल” बोलको गीतको म्युजिक भिडियोमा शुक्र लामा, रिना थापा र युवक कार्कीको आकर्षक अभिनय देख्न सकिन्छ । यस गीतको म्युजिक भिडियोलाई निर्देशन निरेन श्रेष्ठले गरेका हुन् भने छायांकन राम के.सी र सम्पादन संगीत बानियाँले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2022-03-25

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ