Flash

ईनाक्क्षि ईन्टरटेनमेन्ट प्रा.लि. को प्रस्तुतीमा नयाँ सांगीतिक कोसेली “दुरी मजबुरी” बिमोचन कार्यक्रम सहित सार्वजनिक भएको छ । यस कार्यक्रममा ईनाक्क्षि ईन्टरटेनमेन्ट प्रा.लि. प्रबन्ध निर्देशक राम कंडेलको अध्यक्षता रहेको थियो भने गायक सिडि बिजय अधिकारीको सञ्चालन रहेको थियो । कार्यक्रममा मिडिया संयोजकको भुमिका पत्रकार प्रकाश बराईली “अभिव्यक्ति” ले निर्वाह गरेका थिए ।

भिडियोमा उत्तम श्रेष्ठ (शिशिर) र राज केसिको निर्देशन रहेको छ भने ज्ञानेन्द्र शर्मा हुमागाईको छायांकन, अमृत चापागाईको सम्पादन रहेको छ । गीतको भिडियो एकदमै हृदयबिदारक बनेको छ । यस गीतले सबैको मन जित्न सफल हुने कुरामा निर्माण पक्ष बिश्वस्त रहेको कुरा निर्माण पक्षले बताएको छ ।

उक्त गीतको भिडियोमा सरोज खनाल, रश्मि भट्ट, सुधिर श्रेष्ठ, आँशु न्यौपाने, उत्तम श्रेष्ठ (शिशिर), डिम्पल खरेल आदिको अभिनय रहेको छ ।यस गीतलाई ईनाक्क्षि ईन्टरटेनमेन्ट प्रा.लि. को युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2022-03-25

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ