Flash

काठमाडौं । अमेरिकामा रहेका गजलकार रमेश लुइँटेलको शब्दमा समावेश गजल ‘तिम्रो मायामा’को म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा गायक थानेश्वर गौतमको सुमधुर स्वर, संगीत सुन्न सकिन्छ। गीतमा नरेन्द्र वियोगीको संगीत संयोजन रहेको छ। यस गजलमा प्रेमिकाको निम्ति जे पनि गर्न सक्छु र जसरी पनि बाच्न सक्छु भन्ने भावाना प्रेमीले व्यक्त गरेका छन्।

म्युजिक भिडियोमा गायक गौतमको साथमा अशोक भुजेल र सलिना खत्री फिचर्ड छन्। राम केसीले छायाँकन गरेको भिडियोमा नरोत्तम न्यौपानेको कोरियोग्राफी रहेको छ। भिडियोलाई दिन्शन शाहले सम्पादन गरेका हुन्। अशोक भुजेलको निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो ‘नेपाली मेलोडिज’ नामक युट्युव च्यानल माफर्त सार्वनजिक भएको हो। यसअघि गजलकार लुइँटेलको शब्दमा ‘तिम्रो साथ’, ‘इलामे बजार’ बोलको म्युजिक भिडियो सार्वजनिक भैसकेका छन्।

Published date : 2022-06-05

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ