Flash

काठमाडौं । नायक आर्यन सिग्देल र मोडल रुबिना थापाबिचको अन्स्क्रिन प्रेम र रोमान्सले भरिपुर्ण बिल्कुलै नयाँ म्युजिक भिडियो ‘मेरी सानी’ सार्वजनिक भएको छ। यस गीतमा गायक रविन लिम्बुको सुमधुर स्वर सुन्न सकिन्छ। गीतकार डि.पी खनाल र सदु खनालको शब्द रहेको गीतमा शंकर थापा ‘स्माइल’को संगीत र विश्व अधिकारीको संगीत संयोजन रहेको छ।

नेपाली चलचित्र क्षेत्रका अब्बल छांयाकार सौरभ लामा को छांयाकन तथा निर्देशन रहेको छ। म्युजिक भिडियोमा अर्जुन जिसीको सम्पादन तथा रेनिश फागोको रंग संयोजन रहेको छ। नेपाली लोक पप शैलीमा बनेको यस गीतको भिडियोमा सहरको एउटा प्रतिष्ठित मोटर कम्पनीका जागिरेले गाउँमा रहेकी आफ्नी सानीलाई सम्झिंदै गायक को गीत भित्र हराउंदै परिकल्पना गरेको सुन्दर र हृदय स्पर्शी कथा समेटिएको छ। भिडियो ‘डश म्युजिक’को आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।

Published date : 2022-06-07

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ