Flash
काभ्रे,फागुन , ३१
धुलिखेल,सिन्धुली हुदै बर्दिवास निस्कने बि.पि राजमार्ग देश कै नमुना रोड बर्षाै बर्ष देखि चलिरहेको अवस्थामा पनि त्यहाँ आसपासका छेउ छेउका गाउँ च्यासिङ,फुलबारी,कालिन्चोक,सुगुरे, बतासे गाउँमा मोटर बाटो को काम भने बिस्तारै बिस्तारै बिस्तार अगाडी बढ्न थालेपछि स्थानिय बासिन्दा हर्षित भएका छन ।
कटुन्जे गाउपालिका भित्र पर्ने ४ न. च्यासिङ खोल्का हुँदै फुलबारी को बाटो केही दिन अघि मात्र पूरा भएको स्थानिय बासिन्दाले बताएका छन ।अध्यक्ष बाबू तामाङ अनि सचीव अनिल तामाङ को पहलमा उक्त समिती बनाइ सडक निर्माण कार्य लाई अगाडि बढाइएको हो।उक्त सडक उचित ठाउँ सम्म जोड्न बजेट अभाबका कारण नसकेता पनि तेहाका उपभोक्ता भने गाउँमा गाडी गुडेपछी निकैनै हर्सित छन ।आरुस कन्ट्रक्सन को एक्साभेटर मार्फत उक्त सडक को निर्माण भएको हो।एक्साभेटर अपरेटर श्याम आले मगर ले सोचेको भन्दा निकैनै राम्रो काम गरेको भनेर अपरेटर श्याम आले मगर लगाएत सम्पुर्ण टिम लाइ धुमधाम सग सुनिल शिबभक्ती लगाएत अग्रजहरुले बिदाइ तथा सम्मान गरेको थियो।
Published date : 2018-02-12