Flash

विवेक लोप्चन
काभ्रे / काभ्रे जिल्लाको खानीखोला र महाभारत गाउँपालिकाको केन्द्रविन्दु टोकेदमारमा बृहत सोनाम ल्होछार सांस्कृतिक कार्यक्रम सप्पन्न भएको छ  ।
ल्होछार सांस्कृतिक कार्यक्रममा प्रमुख अतिथिको रूपमा  पुर्ब अर्थमन्त्री अनन्त जस्ले डाँडापारि क्षेत्रको बिकासको लागी विशेष सम्बोधन गर्नु भएको थियो ।
 पुन प्रतिनिधिसभाका सदस्य समेत रहेका उनी माओवादी केन्द्रका प्रभावशाली युवा नेता हुन् ।
 
“ल्होछार सांस्कृतिक कार्यक्रम आम तामाङ समुदायलाई घरघरमा ल्होछार मनाउन अनुरोध गरेको तथा ल्होछार के हो र कसरी मनाउने बन्ने बारे सन्देश दिनुका साथै त्यहाँ भौगोलिक विकटता, शिक्षा, स्वास्थ्य आदिको समस्याको पनि सम्बन्धित निकायलाई जानकारीको आयोजना गरेक कार्यक्रम भब्य रुपमा सप्पन्न भएको छ।” डाँडापारी सोनाम ल्होछार मुल आयोजक समितीको संयोजक इकमान लामा (इमाला) ले बताउनु भयो ।
त्यसैगरी कार्यक्रममा चर्चित गायिका निर्मला घिसिङ, ख्यातिप्राप्त हास्याकलाकर सुबोध गौतम,चर्चित सेलो गायक प्रेम लामाले प्रमुख अतिथि बर्षामानलाइ नचाउनु भयो
 लगायतका चर्चित कलाकारहरुको साथमा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो।गायक सागर स्याङतान,बिन्दास योञ्जन ,गणेश जिम्बा ,शितल थिङ ,विशाल थिङ,लगायत थुप्रै कलाकारहरुको उपस्थिति थियो ।
सल्लाहकार  पत्रकार एवं डाँडापारी सन्देश साप्ताहिकका प्रमुख सम्पादक  बुद्ध लोप्चन,कार्यक्रम इकमान लामा,भिम जिम्बालगायत सम्पुर्ण आयोजक  टिमले  अतिथि कलाकार बुद्धिजीवी सम्पुर्णलाई धन्यवाद व्यक्त गर्नु भएको थियो ।
साथै महाभारत गाउपालीकाको अध्यक्ष कान्छालाल जिम्बा ,सुजन तामाङ , खानीखोला गाउपालिकाका बुद्धिजीवी,स्वास्थ्यकर्मी,समाजसेवीहरुको उपस्तिथि  रहेको थियो ।
लामा, झाँक्री र डाम्फुरे झाँकी, विशिष्ट व्यतित्वहरुको सम्मान, लामा गुरुबाट पाठपुजा कार्यक्रमको थप आकर्षण थपेको थियो भने ल्होछार कार्यक्रममा डाँडापारी सोनाम ल्होछार मुल आयोजक समिती र गौतम बुद्ध इन्टरनेशनल कार्डियक हस्पिटलको सहाकार्यमा विशेषज्ञ टोलिबाट निशुल्क स्वास्थ्य शिविर पनि राखिएको समितिको सल्लाहकार बुद्ध लोप्चनले बताउनुभयो ।
मिडिया पार्टनरमा डाँडापारी सन्देश, उज्यालो नेपाल, नाम्सादिम डट कम, सहकार्य राष्ट्रिय मासिक पत्रीका, गोल्चे संचार डट कम, सिटि एफ एम, सिन्धुली म्हाबर डट कम छन् भने कार्यक्रमको प्रायोजक स्मार्ट सेल र टुबोर्क बियरले गरेका थिए

Published date : 2018-02-12

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ