Flash

विराटनगर , माघ २९
गायक महेन्द्र शाहीको मार्मिक लोक दोहोरी गीत ‘जुनी भरी यसरी नै सधै हाँसौँला’ भिडियो सहित बजारमा सार्वजनिक भएको छ । अछाम जिल्लाको बिर्पथ गा.बि.स.मा आमा मन्सरा देबि साह र बाबा मीन साहको कोखबाट जन्मिनु भयका नव गायक महेन्द्र शाही सानै उमेर देखि गीत गुनगुनाउने गर्दथे भने मेलापात गोठ खर्क जाँदा गायक महेन्द्र बिभिन्न भाकाहरु सिर्जना गर्ने गर्दथे ।

आफ्नो प्यारो जन्म भुमीलाई छोडेर प्रवासमा बसेर पनि नेपाली गीत संगितलाई माया गर्ने गायक महेन्द्रले दुखेका मनहरुलाई मलम लगाउने भावनाहरु बगेको दोहोरी गीत जुनी भरी सैगै हाँसौँला म्युजिक भिडियो सार्वजनिक गरेका छन । गणेश शाही ठकुरीको शब्द सिर्जनामा तयार पारिएको सो गितमा लिपीवद्व लय समेत आफैले सिर्जना गरेका छन् । गीतमा गायिका निरुता खत्रीले आफ्नो सुमधुर आवाज भरेको सो गितलाई सेती महाकाली म्युजिक प्रालिले उत्पादन गरेको हो । गितको भिडियो समेत भारतमै सुटिङ्ग सम्पन्न भएको छ । महेश बिक्रम पाण्डेले म्युजिक एरेञ्ज गरेको सो गीतको सम्पादन कुमार शाहीले गरेको छ । भिडियोमा मोडेल खुस्बु भट्टराई र बिश्वास शाही र जेम्स शाहाले अभिनय गरेको छ भने यस गितको छायाङ्कन र निर्देशन समेत गणेश शाही ठकुरीले गरेका छन् ।

मार्मिक शब्दहरु कोर्न दखल महेन्द्र सालिन,सभ्य,मिलनसार र पार्दर्शी पात्रको रुपमा चिनिएको छ । सेती महाकाली म्युजिक प्रा.लि.बाट बजारमा आईरहेको यस गीतले थप कम्पनीको नाम उचाईमा पुग्ने कम्पनीका प्रबन्ध निर्देशक राम बहादुर दानीले बताएका छन् ।

हेर्नुहोस भिडियो सहित

Published date : 2018-02-12

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ