Flash

राम बहादुर दानी
६ फाल्गुण २०७४
एक पछि अर्को गरी बजुराको माटोले जन्माएका श्रष्ठाहरु जन्मिदै आएका छन । भन्दा पनि सहजै नाम पहिचानको शिखर सम्म पु¥याउन सफल गायिकाको नामै काफी छ , शोभा थापा । कहाली लाग्दा शब्दहरु समायोजन गरी निर्माण गरिएको देउडा गित कैलेई तु छाउहुदी शुदुर पश्चिमको मौलिक पन झल्कीने लिपीवद्व शब्दहरुले बुनेर तयार पारिएको गितले मौलिकतालाई पहिचान दिएको पाईएको छ । बिशेषतः यस गितमा माया प्रेमका कुराहरुलाई समेटिएको पाईएको छ भने केहि सन्देश मुलक शब्दहरुको पनि समायोजन गरिएको छ ।
हजारौँ पारखीहरुको भिडमा आफ्नो संघर्षलाई निरन्तरता दिदै आएकी देउडा गायिका शोभा आफैमा संगित बिधामा दख्खल भएको सावित गर्न सकिन्छ । कालान्तर देखी जन्म थलो बाजुरा र कर्मथलो काठमाण्डौलाई बनाउदै आएकी गायिका शोभाको बैबाहिक सम्बन्ध पनि संगितले नै जुराएको पाईएको छ । लामो समयको सांगितिक यात्रालाई निरन्तरता दिदै धादिङ जिल्लामा जम्निु भएका कुशल एरेञ्जर तथा गायक बिजय थापा संग प्रेम विवाहा भएको हो ।
उसोत अछामी बड्डो पनि कम्ती नाम काफी नभएको होइन अछाम जिल्लामा जन्मिनु भएका बहु प्रतिभाका धनी देउडा गायक लाल बहादुर धामी र शोभा थापाको आवाजमा रहेको र दुबैको संयुक्त प्र्रस्तुतीमा रहेको बेलकुलै नयाँ शैलीको देउडा गित कैलेई तँ छाउहुदी भर्खरै विशेष फिल्मस् मार्फत युटुवमा सार्वजनिक भएको छ । कुशल एरेञ्जर विपजय थापाले एरेञ्ज गरेको सो गितमा लाल बहादुर धामी र शोभा थापाको आवाज रहेको छ भने सो गितलाइ बिशेष डिजिटलले बजार ब्यबस्थापन तथा उत्पादन गरेको छ ।
बिगत लामो समय देखी नेपाली गित संगितलााई जोगाउने र पहिचान कमाउने उद्देश्यले संगितमै टिकेर संघर्ष गर्र्दै आउनु भएकी यिका शाोभाले बिशेष डिजिटल नामक रेकर्डिङ्ग स्टोडियोको स्थापना गरेर बिदेशमा होस वा स्वदेशमा होस नेपाली गित संगितलाई माया गर्ने मनहरुलाई सहजता दिदै आएको प्रष्ट भएको छ ।
सो गितमा चर्चित मोडेल रोजि कुवर र भर्भित निर्देशक तथा मोडेल भिम थापाले अभिनय गर्नु भएको छ भने साहित्यकार राजेन्द्र शाह वि.पी.को लय तथा शब्द रहेको छ । चक्र बराल (बासु) ले छायाङ्कन गरेको सो गितको सम्पादन प्रविन रश्मि मगरले गर्नु भएको छ । यसरी कालान्तर सम्म शुदुर पश्चिमको सान र पहिचानलाई देउडाको माद्यामले बिश्वभर पहिचान दिलाउदै आउनु भएका गायक लाल बहादुर धामी र गायिका शोभा थापाको सांगितिक यात्राले थथप चरमचुलीको बिन्दु चुमोस सम्पुर्ण आम सञ्चार माद्याम र सञ्चारकर्मीको तर्फबाट शुभकामना ।

Published date : 2018-02-18

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ