Flash

राम बहादुर दानी
फाल्गुण १७ धनगढी

नेपाली गित संगितको दुनियामा गायक सुरेश चोखालको नाम नै काफी बन्न पुगेको छ । गयक सुरेश चोखालको दोस्रो लोक पप गित आइजा मेरी जसुली भिडियो सहित बजारमा सार्वजनिक भएको छ । २०४७ साल कार्तिक महिना १० गते बुवा गौरीलाल चोखाल र आमा धना देबि चोखालको कोखबाट कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नंं. ७ मा जन्मिनु भएका गायक चोखालले २०७४ सालबाट म त चेलो सु.प.को देउडा गितबाट संगित यात्रा सुरु गरेका थिए । चर्चित लोक दोहोरी गायिका टिका पुनसँग आवाज भरेका गायक चोखालको उक्त देउडा गितले पनि सुदुर–पश्चिमको मौलिक पनलाई बोकेको दर्शकहरुको भनाई रहेको छ । नेपाली गित संगितको दुनियामा हजारौँ दर्शकहरुको मन जित्न सफल सुरेश चोखालको यतिखेर भर्खरै बजारमा आएको आइजा मेरी जसुली लोक पप गितले थप बजार पाएको गायक चोखालको भनाई रहेको छ । बिएड सम्मको अध्यान गरेका चोखाल कुशल स्वास्थ्यकर्मी पनि हुनु हुन्छ । बिद्यार्थी जिवन देखि नैै गित संगितमा रुची राख्ने गर्दथे । दुई पटक राष्ट्रिय लोक दोहाोरी प्रतियोगितामा सहभागी भएर दोस्रो र तेस्रो स्थान हाात पार्न सफल प्रतिस्पर्धी गायक चोखाल पछिले समयमा बजार हल्लाउन दख्खल गायकको रुपमा स्थापित भएका छन । छोटो समयमा आफ्नो पहिचान कमाउन सफल गायक चोखाललाई दर्शकहरुले औधी मन पराएको पाइएको छ ।
सुशिल बोहराको शब्द समायोजनमा रहेको उक्त आइजा मेरी जसुली लोक पप गितमाा चर्चित र्यापर अराज केशव गिर गिरीले र्यापरको काम गर्नु भएको छ भने सो गितमा करिष्मा ढकाल र ससान्त साहुले अभिनय गरेको छ । भर्खरै मात्र बजारमा आएको सो गित म्युजिक नेपालको उत्कृष्ट गितमा पर्न सफल भएको छ । चर्चित क्यामेरा मेन करन चैसियरले क्यामेरा कैद गर्नुभएको सो गितमा मौसम हिामलीले डाइरेक्सन गर्नु भएको छ । शुदुर पश्चिमका कयौँ कलाकारहरुको कला लाई सम्मान र रहजता पुर्वक काम गर्दै आएको म्युजिक कम्पनी सेती महाकाली म्युजिक प्रा.लि.द्वारा बजारमा आएको सो गितको सम्पादन भने प्रविण भट्टले गर्नु भएको छ । यसरी छोटो समय मै हजारौैं दर्शक श्रोताको मन जित्न सफल गायक सुरेश चोखालको तेस्रो गिति एल्बम घरवारै बिगार्याे मेरो फेसबुक वालीले छिट्टै बजारमा आउने गायक चोखालले बताएका छन । आसा गरौँ जसरी दोस्रो एल्बम बाटै गायक चोखालको साँगितिक यात्रा सफल बन्ने बाटो तेर्सिएको छ आगामी दिनमा बजारमा आउने गितहरुले पनि त्यत्तिकै तहल्का मच्चाउने बिश्वास रहेको छ । यसरी सुदुर प्रदेश नंं ७ मा जन्मेर नेपाली कला र संगितलाई माया गर्ने कलाकारहरुको प्रगति र रहेका पाईलाहरु गन्तब्य स्थल सम्म पुर्याउन सेती महाकाली म्युजिक प्रा.लि.ले सदैब साथ गर्नेछ । कम्पनीका प्रबन्ध निर्देशक एबम् गायक राम बहादुर दानीको भनाई रहेको छ । घरवारै बिगार्याे मेरो फेसबुक वालीले नामक गित पनि सेती महाकाली म्युजिक प्रा.लि.द्वारा बजारमाा आउने गायक चोखालले बताएका छन ।

Published date : 2018-03-01

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ