Flash

काठमाण्डौ, १० चैत ।
साहित्यकार मालिका केसरीको उपन्यास ‘सुवर्णलता’बारे राजधानीमा शनिबार भएको अन्तरसंवाद कार्यक्रममा बोल्ने लेखक साहित्यकारहरुले साहित्य पढ्ने पाठक घट्दै गएको प्रतिचिन्ता व्यक्त गरेका छन । साहित्यकारहरुले नेपाली साहित्यमा पाठकको ध्यान एकाग्र गर्ने कृतिको खडेरी कायमै रहेको बताएका छन् ।
साहित्यकार केसरीको उपन्यास सुवर्णलताले पाठकको ध्यानआकर्षण गर्ने विस्वास उनीहरुको छ । उपन्यासकार अमर न्यौपानेले उपन्यासको भावपक्षशसक्तभएपनिउपन्यास लामो भएको तर्क गरे ।
उनले भने,‘उपन्यासको भाव उच्चभएपनि धेरै विषयबस्तु छुनकाले उपन्यास अलिकलामो भएको छ ।जसका कारण पाठकलाई केहि समय अलमल जस्तो अनुभूति भएपनि आखिरमा पाठकको मन तानिरहन यो सफलहुनेछ ।’
साहित्यकार डा. रामप्रसाद ज्ञवालीले उपन्यास सुवर्णलतामा पाठकको ध्यान सुरुदेखि अन्त्यसम्म तान्ने तागत रहेको बताए । सुवर्णलता भित्र माया प्रेम सँगै ग्रामीण र शहरी परिवेशका पात्रहरुलाई सुन्दर ढंगले लेखक केशरीले प्रस्तुत गर्नुभएको साहित्यकार ज्ञवालीको बुझाई छ ।
समालोचक रामलोहनीले उपन्यास सुवर्णलता सरल भाषामा बगेको र बौद्ध दर्शनलाई समेत उतारिएकाले सबैले बुझ्नसक्ने कृति बनेको बताए । उनले भने,‘सुवर्णलतामा दुईवटा फरक कथा छ । एउटा पक्षबर्तमान केन्द्रित छ भने अर्काे बौद्धकालीन समयमा डुलेकोे छ । दुईवटा कृति समेत बन्नसक्ने कुरा एउटै कृतिमा समावेश हुनु पाठकको लागि फाइदाको कुरा हो ।’
कार्यक्रमा उपस्थित पाठकले उपन्यास अत्यन्त उत्कृष्ठ भन्दै उपन्यासमा लेखकले बौद्धकालिन समाज र बुद्धले पत्तालगाएको ज्ञानलाई उपन्यासमा ढालेकाले उपन्यास पढ्दा बुद्धको मार्गमा स्वयं हिँड्दै गरेको अनुभुतिहुने धारणा ब्यक्त गरेका थिए ।
कार्यक्रममाउपस्थित पाठक विजयमोक्तानकाअनुसार ‘उपन्यास पढ्दा बुद्ध स्वयं नै अगाडि उभिएर प्रवचनदिईरहको अनुभूतिहुनु लेखकको लेखकीय सफलताहो ।’
लेखक केशरीले पाठकबाट पाएको मायाले नयाँउर्जा प्राप्तभएको भन्दै आफूमाथिनयाँजिम्मेवारी थपिएको बताएकाथिए । आफ्नो प्रयासलाई पाठकले मनपराएकै कारण बजारमाआएको छोटो समयम मै सुवर्णलताको दोस्रो संस्करण आउन लागेको पनिउनले खुलासा गरे । उपन्यास सांग्रिला बुक्सले बजार मा ल्याएको हो ।

Published date : 2018-03-24

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ