Flash
काठमान्डाँ,ैचैत १९
हातेमालो साहित्य संगमको आयोजनामा सम्पन्न कार्यक्रम “शाब्दिक समारम्भ”मा युवा पुस्ताका चर्चित कवि नविन प्यासीको कविताहरु वाचन भयो । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति बिष्णु विभु घिमिरे र साहित्यकार सुधिर ख्यावीको आतिथ्यामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न साहित्यकारहरुले आफ्नो रचना वाचन गरेका थिए ।
कार्यक्रममा प्यासीले देशभक्ति, गरिवी, शृंगारीक, प्रेमिल भाव बोकेका कविताहरु सुनाएका थिए । उनको प्रत्येक कविता उतिकै सशक्तरहेको भन्दै कार्यक्रमका अतिथि घिमिरेले भन्नुभयो, “नविन प्यासी जस्ता युवा कविहरु नै नेपाली साहित्यको भविश्य भएकोको धारणा व्यक्त गरेका थिए ।”
कार्यक्रममा बोल्दै मुक्तककार एंव हातेमालो साहित्य संगमका अध्यक्ष सुनिल अधिकारीले भन्नुभयो, “हातेमालो साहित्य संगमले नेपाली साहित्यको उत्थानका लागि फरक योजना बोकेर अगाडि बढिरहेको छ । हामीले प्रत्येक महिना फरक किसिमका कार्यक्रम गरिहेका छौ । अब आउँदो महिनाको कार्यक्रम आख्यानको हुने छ ।”
Published date : 2018-04-01