काठमाडौं । तेश्रो गुल्मी महोत्सवमा दर्शकलाई मनोरञ्जन दिन गएका कलाकार राजेश पायल राई गुल्मीको दुबीचौरमा दुर्घटनामा परेका छन् ।चर्चित गायक राजेश पायल राई चढेको गाडी गुल्मीको दुबिचौरमा दुर्घटना भएता पनि राजेश पायल राई लाई भने केही असर नपरेको जानकारी सास्कृितक संयोजक अनुप कुमार श्रेष्ठले जानकारी दिनुभयो । सामान्य रुपमा चोट लागेको भएपनि उहाँको प्राथमिक उपचार भै रहेको समेत उहाँले बताउनुभयो ।