Flash

नेपाली सिने क्षेत्रलाई जसले नजिकबाट चिन्छन उनीहरुको दिन काट्ने मेलो बनेको छ यतिबेलाको बक्स अफिस । सडकका चोक देखि शहरमा ठुला ठुला रेष्टुरेन्ट भित्र नै किन नहोस बक्स अफिसको चासो र चिन्तन मात्र होईन यसलाई सिध्याउने खेल पनि भैरहेको आरोप छ ।

केही समय अघि देखि बिकास बोर्ड अध्यक्ष निकिता पौडेल लगायत सिनेमा क्षेत्रका केही व्यक्तिको रोहबरमा बक्स अफिसको परिक्षण काल भनेर यो सस्टिम लागु गरिएको पनि छ । हुन त बक्स अफिस आजको मुद्दा भने पक्कै पनि होईन । नेपाली सिनेमा भित्र बक्स अफिसलाई कुनै बेलामा धेरै चलचित्रकर्मीले यसलाई हाउगुजीको रुपमा लिन्थे । तर बिस्तारै सबै डेपलपमेन्ट संगै सिनेमा क्षेत्रको व्यवसायिक पाटोको पारदर्शीताको महत्व बुझे पछि यसको सिस्टम प्रति धेरै सकारात्मक छन् ।

तर यहि सिस्टम हलवालाहरुलाई चाही अझै पनि हाउगुजी लागीरहेको छ । करोडौैमा खेल्ने निर्माताहरु व्यवसायिक पारदर्शीताको मारमा परिरहेको अवस्थामा यो सिस्टम देखि भाग्न खोज्ने हलवालाहरुको कारण जेठ २ गते देखि दवाव स्वरुप चलचित्र निर्माताहरुले आन्दोलनको घोषणा गरिसकेका छन् । जसले गर्दा सिनेमा प्रदर्शनको मिति तोकेर प्रचारमा लागेका धेरै चलचित्रका निर्माताहरु फेरी मारमा पर्दैछन् ।

यसरी महिना दीन अगाडी देखि निर्माताहरुले आन्दोलनको घोषणा गरिरहदा सबै बसेर समस्याको समाधान निकाल्ने बाटोमा नलाग्दा सिंगो चलचित्र संग सम्बन्धित सबै निकाएहरु नै मारमा पर्ने देखिन्छ । राजनितिकै लागी चलचित्रको बाटो अपनाउने केही त्यस्ता व्यक्तिको लहलहैमा लागेर नेपाली सिनेमा क्षेत्रलाई सिध्याउने खेलमा लागेका चलचित्रकर्मी नामले सम्बोधन हुने गरेका त्यस्ता व्यक्तिको पछी नलागी सिनेमा क्षेत्रको स्तरउन्नतीमा सबै मिलेर लागे कसको के बिग्रेला र ?

Published date : 2018-05-08

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ