Flash
वैशाख २३। मीठो स्वरकी धनी मेनुका पौडेलको आवाजमा ‘साँझमा याद तिम्रो’ गजल गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।नेपालीहरुको ढुकढुकी बन्न सफल मेनुकाले परिवारका सहयोगमा ४ वर्षको उमेरदेखि नै सांगीतिक यात्रा सुरु गरेकी हुन् । झापाको हल्दिबारीमा जन्मिएकी मेनुका गायन क्षेत्रमा मात्र नभइ पढाइमा पनि त्यत्तिकै अब्बल छिन् । उनले श्री दुर्गा उच्च माविबाट प्रथम श्रेणीमा एस.एल.सी उत्तिर्ण गरी उच्च शिक्षाको लागि काठामाण्डौ प्रवेश गरेकी हुन् । २०७२ सालमा राष्ट्रिय गायन प्रतियोगितामा प्रथम भएकी उनले पहिलो नेपाल आइडलको टप ११ मै चित्त बुझाइन । भन्छिन् ‘मलाई कुनै गुनासो छैन,टप ११ सम्म पुग्नुमा आम शुभचिन्तकहरुकै सहयोग छ, म आभारी छु ।’‘आँखाको नानीमा’,’कहिँ घाम थियो’,’हावासरी’ जस्ता चर्चित गीत लगायत लगभग ५०/६० ओटा गीत गाइसकेकी मेनुकाको आवाजमा गजल गीत ‘साँझमा याद तिम्रो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो।गजलकार डा.सनत कुमार वस्तीका शब्द,चन्द्रकान्त पौडेलको संगीत,चन्दु गोर्खालीकोे संयोजन रहेको यस भिडियोलाई शिव पंगेनीले निर्देशन गरेका हुन् भने यस भिडियोमा उषा किरण,सुनिल पटील,सुमित पौडेल,सिद्धिखा चौलागाईको अभिनय रहेको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नहोला:
Published date : 2018-05-16