Flash

राजु बोहरा–काठमाडौँ । मेहनत, निरन्तरता र आफुमा भएको वास्तविक कलाले मानिसलाई एक दिन अवस्य पनि सफलताको बिन्दुमा पुर्याउछ । यसैले पनि लोक दोहोरी गीत “हर खुसि दिन्छु तिमीलाई” बाट आफ्नो सांगीतिक यात्रा शुभारम्भ गरेका गायक भारत परियार “आकाशैमा जुन र तारा” लोक दोहोरी गीत सम्म आइपुग्दा अशंख्य आफ्ना श्रोता एवं दर्शकहरुको माया पाएर यति बेला मक्ख रहेका छन् । यसरी आफ्ना श्रोता एवं दर्शकहरुको मायाले आफुलाई सांगीतिक कुलतले छोएको र एक पछी अर्को गर्दै उत्कृष्ट सांगीतिक स्वाद बजारमा पस्किन आतुर हुने कुरा पनि उनि बताउछन् ।

आर्थिक आयआर्जन एकातिरको कुरा हो, आफ्नो कला संस्कृति र मौलिक परम्पराको जगेर्ना गर्नुमा हामी कलाकारहरुले पाएको कलाकारको बिल्ला पछी हामी सबैको कर्तब्य पनि हो भन्दै माथि उल्लेखित गीत जस्तै भर्खरै मैले बजारमा ल्याएको लोक दोहोरी गीत “तिम्रै तस्बिर” पनि माया गरिदिनु हुन भरतले सबैमा अनुरोध गरेका छन् । “तिम्रै तस्बिर” बोलको गीत सहित भरत परियारको प्रस्तुति यो तेश्रो हो यस गीतमा भरत परियार र रिता के.सी को सुमधुर स्वर रहेको छ ।

नेपाली कला संस्कृतिको जगेनार्थ निकै खर्चालु तवर बाट तयार भरिएको यस गीतको म्युजिक भिडियोमा शंकर बि.सी रिनाथापा मगरको अत्यन्त लोभ लाग्दो अभिनय रहेको छ धनराज वास्तविकको मौलिक लय तथा शब्द सृजनाले सजिएको यस गीतको म्युजिक भिडियोलाई निर्देशन मोडल स्वयम् शंकर बि.सी ले नै गरेका हुन् भने छायांकन दुर्गा पौडेल र सम्पादन नबिन घर्ति मगरले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2018-05-18

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ