Flash
अभिनेता अनुपविक्रम शाही र अभिनेत्री शिल्पा पोखरेल अभिनत चलचित्र ‘वीराङ्गना’को पहिलो गीत सार्वजनिक भएको छ।
‘तिमी पुलिस म नि पुलिस’ बोलको सार्वजनिक गीतमा सशस्त्र प्रहरीको पोसाकमा शिल्पा र अनुप जोडीलाई निकै रोमान्टिक देख्न सकिन्छ।दीपक शर्माको संगीत, महिमा श्रेष्ठ र योन्जक लामाको स्वर तथा दिनेश सुवेदीको शब्द रहेको गीतमा कविराज गहतराजको कोरियोग्राफी छ।
राजबहादुर सानेको निर्देशित चलचित्रमा अनुप र शिल्पाको अलावा पृथ्वीराज प्रसाई, धीरेन शाक्य, प्रज्ज्वल गिरी, प्रिया रिजाल, ध्रुव कोइराला, सुशील पोखरेल लगायतको अभिनय छ।
असार २९ बाट प्रदर्शनमा आउने चलचित्रमा हरिबोल लामाको छायांकन र तारा थापाको सम्पादन रहेको छ।
Published date : 2018-05-25