Flash

राजु बोहरा–काठमाडौँ । जब सम्म कलाकारहरुको मन धनि हुन्छ, तब सम्म नेपाली गीत संगीतको क्षेत्र धनि हुने निश्चित छ । कलाकारहरुको मन धनि बनाउनका निमित जुन ढंग बाट गीत संगीतहरु बजारमा उपलब्ध गराइएको हुन्छ, सोहि अनुरुप श्रोता तथा दर्शकहरुले सुनेर र हेरेर साथ दिनु पर्ने हुन्छ । अनि मात्र नेपाली गीत संगीतको क्षेत्रमा कलाकारहरुलाई उत्कृष्ट सांगीतिक स्वाद पस्किनका पालि उत्साह मिल्ने कुरा पनि यथार्थ हो ।

यति बेला गायक शिब काश्यप लाई पनि यसरी आम संगीत पारखीहरु बाट निरन्तर रुपमा पाउनका लागि मायाको खाँचो रहेको छ । हुन त उनले यस अगी पनि “म मर्ने बेला” बोलको गीत बजारमा ल्याएर अशंख्य श्रोता एवं दर्शकहरुको मन जितिसकेका छन् । लगत्तै बजारमा आएको “सर्बनास” बोलको गीतलाई पनि पहिलेका गीत जस्तै माया गरेर यस क्षेत्रमा अगाडी बढ्न हौसला दिनेहुने छ भन्ने आशामा उनि यतिबेला उक्त गीतको प्रचार-प्रसारमा जुटेका छन् ।

“सर्बनास” बोलको गीतमा शिब काश्यप र निर्मला पुलामी मगरको सुमधुर स्वर रहेको छ । शिब काश्यप र निर्मला पुलामी मगरको संयुक्त प्रस्तुतिको रुपमा बजारमा आएको यस गीतलाई लय कृष्ण बि.सी र शब्द रमेश बाबु परियारले भरेका छन् । प्रस्तुत गीतको म्युजिक भिडियोमा दिनेश बस्नेत र आइस्का लिम्बुको अभिनय देख्न सकिन्छ । हिम सम्झौता डिजिटल प्रालि मार्फत सार्बजनिक भएको भिडियोलाई निर्देशन कृष्ण बि.सी ले गरेका हुन् भने छायांकन नरेश चैंसिर र सम्पादन अमर शाक्यले गरेका छन् । हामी यस गीत तथा भिडियोलाई तयार पर्न आफ्नो भूमिका निर्वाह गर्नु हुने सम्पूर्ण कलाकारहरुमा सफलताको शुभकामान ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2018-05-29

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ