Flash
आर पोखरेल , काठमान्डौँ , जेष्ठ २३
नेपाली मौलिक सिर्जनालाई आफना दर्शक तथा श्रोता माझमा सर्वाेकृष्ट रचनाहरु ल्याउदै आफनो छुटटै पहिचान बनाउदै गरेका सञ्चारकर्मि तथा सर्जक बासुदेव पोखरेलको मौलिक शब्दमा दशाको भिडियो आज बाट बजारमा सार्वजनिक भएको छ ।
गायक मेखम खाती र गायिका देवी धर्तिको सो गीतमा आवाज रहेको छ । मौलिक सिर्जना भएकाले भिडियो तथा अडियोलाई लाई अधिक मात्रामा दर्शक तथा स्रोताले मन पराउने अपेक्षा लिइएको बासुदेवले बताए । बाध्यताले आफनी मायालुबाट छुट्दाको अवस्थालाई चित्रण गरिएको छ ।आफनो मायालुले धोका दिए पछि पनि विगतको न्यानो मायाले सताएको कुरा गीतमा ब्यक्त गरिएको छ । बासुदेव पोखरेलको शब्द तथा किशोर खत्रीको मौलिक लय सिर्जना गीतमा रहेको छ । रेशम दलार्मीले छायाँकन गरेको भिडियोलाई विवेक सुनारले सम्पादन गरेका छन । गीतको म्युुजिक भिडियोलाई सिर्जन बरालले निर्देशन गरेका हुन । दशा गीतमा किशोर , पार्वती लामाको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो
Published date : 2018-06-05