Flash
रोशन पोखरेल , काठमान्डौ ,जेष्ठ २५
सुपारी म्युजिक प्रालीको प्रस्तुतिमा बुद्धिमान श्रेष्ठ र दुर्गा तामाङको लोकदोहोरी गीत “मृत्यु दर्ताको ” गीतको भिडियो युटुव मार्फत सार्वजनिक भएको छ । जिवनमा दुखको अवस्थामा आइपर्ने पिडाका भावहरुलाई गीतको माध्यमबाट गायक विष्णु माझी र बुद्धिमान तामाङले आवाजको माध्यमबाट गीतमा मर्मस्पशी भावहरु ब्यक्त गरेका छन ।
सुनिल केसीको शब्द सिर्जना तथा गणेश अधिकारीको गीतमा मार्मिक लय सिर्जना रहेको छ । आफुले माया गरेको मायालुको मृत्युमा कसरी चोट पुग्छ भन्ने कुरालाई गीतमा ब्यक्त गरिएको छ । अजय रेग्मीले छायाँकन गरेको भिडियोलाई दिपक विष्टले सम्पादन गरेका छन । गीतमा मोडल अनु श्रेष्ठ र काजिश श्रेष्ठको अभिनय रहेको छ । “ मृत्यु दर्ता ” गीतको भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका हुन ।
हेर्नुहोस भिडियो ।
Published date : 2018-06-08