Flash

यो प्रेम कसैले कसैलाई गरेन
मैले गरेको त्यही प्रेम हो
धर्ती त केवल
मुठ्ठीभित्र छ कुरै गर्न मिलेन
आकश पनि झिनो हुँदो हो
मेरो मायाको अगाडि
साच्चिकै मेरो न्यानो माया
कत्ति छ
सोध्न मन छ भने
चलिरहेको बतासलाई सोध
नभका जादुमयी
चन्द्र र सूर्यलाई सोध
वगिरहेको पानीको बहाबलाई सोध
चलिरहेको समिरको झोक्कालाई सोध
उसैलाई थाहा छ
हो उस्तै माया तिमीलाई गरिरहे छु ।
डियर त्यो दिन
मैले तिमीलाई स्पर्श गर्दा
ईन्द्रेणी झै तिमीमा
एकाएक उब्जिएको सुस्केरा
अनि त्यो काउकुती
खित्त -खित्त
हासोको फोहोरा
लाजले या त सहनै नसकेर
बर्षा नै भएको मधुर र बिलिन आवज
कोठाको आखिझ्याल हुँदै
उपारि भन्ज्याङसम्म
हाम्रै सम्बन्धले प्रीतका
साईनोहरु लगाउदै
जिस्किएको तिमीलाई नि थाहा छ ।
ती न निदाएका पाहुनाहरुलाई नि थाहा छ
जूनेली रातहरुले गरिरहेको स्वागतभित्र
मनमा मन मिलाएर
कन्चन माया तिमीलाई दिईरहदा
आई लभ यू
कत्ति मज्जाले भनेको है
हो त्यही रातहरुलाई थाहा छ
बास्ने ती सिउली चरीलाई थाहा छ
रातले नि घुम्टो ओढेको
उसैलाई सोध्न सक्छौ
हो उस्तै माया तिमीलाई गरिरहेछु ।
सानू तिमी केही कुरा बुझ
मरो यो शरीरमा
समिरले मेरो फोक्सोमा सास भरिरह्ने छ
मेरो मुटुको ढड्कन
उकाली र ओराली गर्दै चलि रहला
एक यूग सम्म
मेरा यी बोलीका ध्वनीहरु
हावाको झोक्कामा तैरिरहलान
उहीँ पलसम्म
माया गरिरहन मन्छ ।
हो हो हो
उस्तै माया तिमीलाई गरिरहे छु ।
तिम्रो शंकाको सोचाईमा
मायावी सन्सारहरु कम्जोर होलान
मेरो मायाको अर्थ न होला
बरु तिमीलाई थाहा न होला
पानीजस्तै निश्चल माया
कति भिजाउदै बग्न सक्छ ।
मनहरु खडेरीमा सिचाई गर्ला न गर्ला
थोपा-थोपा हुँदै शरीरभरी भिजाउन सक्छ ।
तिमीलाई के थाहा
उहीँ खेतका आली-आली भिजाउने
उस्तै माया तिमीलाई गरिरहे छु ।
अझै पनि तिम्रो मनले मान्दिन भने
आफ्नै मनलाई कसम खाएर सोध
उ को हो ?
सगरमाथाको देशको मान्छे
भगवान बस्ने मन्दिरहरुको घरको मान्छे
गौतम बुद्धको देशको मान्छे
न त झुठ बोले कुनै दिन
न त झुके कुनै दिन
हो म नि उहीको पानी पिएको
चिसो श्वास लिएको
मान्छे न हु
सिङो पहाडहरु सम्स्या बनेर उभिए पनि
मरुला एक दिन मर्नेनै हो
तर हाम्रो प्रेमिल माया
मर्न न दिने मान्छे हु म
के के सोच्छौ तिमी
उस्तै माया तिमीलाई गरिरहे छु ।
अब पनि पुगेन
मेरो माया कत्ति छ
सोध्नै मन छ हो
तिम्रै लागि बिताएको समय
तिम्रो लागि अनुहार हुँदै नाक मुखसम्म
तैरिएको आसुको थोपाहरु लाई सोध
बगाएको नदीजस्तै पसिनालाई सोध
मेरा चोखो मायाका कणहरु
तिम्रो तनमा मिसिएका
ज्वलन्त उदाहरणहरु कयौं छ्न।
तर डियर
तिमी कुन माया खोज्दै छौ
यही त म अचम्म छु
तिम्रै मनलाई थाहा छैन
उस्तै माया तिमीलाई गरिरहे छु ।
उस्तै माया तिमीलाई गरिरहेछु।

Published date : 2018-06-14

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ