Flash
रोशन पोखरेल , असार २४ ।नेपाली लोकदोहोरी गीत संगीत क्षेत्रमा निकै स्थापित बनिसकेका निर्देशक तथा मोडल काजिश श्रेष्ठ र सारिका केसीको अभिनयमा गायक दिनेश भुजेल र गायिका सरिता कार्किकोे नयाँ तीज गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
‘तिजको रहर आयो बरी लै’ बोलको तीज गीत हालै युट्युब मार्फत सार्वजनिक भएको हो । सार्वजनिक उक्त तीज गीतमा नेपाली मौलिकपनको नेपाली संस्कृति झल्काउने गरि छायाँकन गरिएको छ । दिनेश भुजेलको शब्द तथा संगीतमा गीत तयार पारिएको छ ।
यस गीतमा नेपालको कला संस्कृति प्रवद्र्धनमा समेत टेवा पुर्याउने विश्वास निर्माण टिमले लिएको छ । दिपेश जिरेलको छायाँकन, अधिनायकमान श्रेष्ठको सम्पादन सिवन पोखरेलको निर्देशन रहेको छ ।
हेर्नुहोस भिडिया ।
Published date : 2018-07-08