Flash

रोशन पोखरेल , काठमान्डाँै , असार २८
प्रगतिको शिखर मा पुग्नु छ त शुरुवात आफैबाट,यो भनाई वास्तव मा आफैमा सत्य छ सावित भएको छ । नेपाली साँगितिक क्षेत्रमा रहरै रहरमा प्रवेश गरेका प्रतिभावान बिरेन्द्र कुमार नौभाग्य नेपाली साँगीतिक क्षेत्रमा स्थापित हुने विचारमा रहेका छन । प्रत्येक मानिस ले जन्मसंगै ख़ास बिशेषता र प्रतिभा लिएर आएको हुन्छन,जस्लाई चिन्न सक्नु र प्रयोग गर्न सक्नु फरक कुराको रुपमा रहेका हुन्छन ।

स्याङजा चापाकोट नगरपालिका ४ दार्सिङ मा जन्मेका हाल सुन्दर नगरी पोखरा मा बसोबास गर्दै आएका नव निर्देशक बिरेन्द्र कुमार नौभाग्य विदेशी भुमिमा रहेर पनि कोरियालाई बिगत ८ बर्ष देखि कर्मथलो बनाउदै निरन्तर रुपमा उनी सबैको मन मुटुमा बस्न सफल मोडल,डान्सर,निर्देशक,समाजसेवी बिरेन्द्र कुमार नौभाग्य बन्न पुगेका छन ।

सन् २००८ बाट नेपाली म्युजिक भिडियो मा आफ्नो क्यारियर शुरु गरेका नौभाग्य हाल सम्म ३ दर्जन भन्दा बढ़ि नेपाली म्युजिक भिडियोहरुमा आफ्नो अभिनय प्रस्तुत गरिसकेको छन् भने केहि म्युजिक भिडियो हरुमा आफैले निर्देशन समेत गरेको छन् अहिले कोरियामा सबैको नज़रमा राम्रो निर्देशकको रुपमा चिनिन थालेका छन् । ईपिएस पद्धति बाट २०११ मा आएका नौभाग्य ले कामको साथ साथै आफ्नो अभिनयहरुलाई पनि संग संगै लगेका हुन । कोरियाको बसाई क्रममा परोपकारी कामहरु ,खेलकुद लगायत बिभिन्न सामाजिक क्षेत्र मा सहयोग र सहभागी जनाउने उनि सबैको नज़र मा बिशेष बनेका छन्,,,,ख़ास गरेर बुसान ,किम्हे ,उल्सान ,सउल ,छाङवन वरपर नौभाग्य ले बिभिन्न सांस्कृतिक कार्यक्रमहरुमा आफ्नो नृत्य प्रस्तुत गरि हजारौं दर्शकहरुको माया बटुलिसकेका छन् । कोरियाको ५ बर्ष को कार्यकाल सकि नेपाल फर्किए पनि उनि संगित बाट टाढा बस्न सकेन ।

नेपाल बसाईको क्रममा उनि तिजका गितहरु देखि लिएर बिभिन्न म्युजिक भिडियोहरुमा भ्याईनभ्याई रहेका थिए । नेपाल मा पनि बिभिन्न ठाऊंमा सांस्कृतिक कार्यक्रम मा आफ्नो कला प्रस्तुत गरिसकेका उनि पुन सिबिटी को माध्यम बाट कोरियामा रहदै आएका छन् । सुन्दर तथा आकर्षक शारीरिक संरचना रहेका नौभाग्यको मोडलिङ तथा नृत्य अभिनय को संयोजन सांच्चै नै राम्रो देखिएको छ ।
बिरेन्द्र कुमार नौभाग्यद्धारा निर्देशित एक भिडियो ।

Published date : 2018-07-11

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ