Flash

काठमान्डौँ, असार २९
प्रतिभावान दाजु भाइ महेश र जनक ताम्राकारको नया गीत लौ लौ सररर हालै सार्वजनिक भएको छ । यस गीतमा जनक ताम्राकार को स्वर तथा महेश ताम्राकरको शब्द संगीत रहेको छ । निकै नै पृथक ढंगको यस गीतमा डोटेली र नेपालि भाषाको सुन्दर प्रयोग पाउन सकिन्छ । ताम्राकार दाजु भाइले पछिल्लो समय नेपाली संगीत बजारमा नया स्वाद दिइरहेका छन्। दर्शक श्रोताहरुको साथ सहयोग मिले पक्कै आफुले नेपाली संगीतमा फरकपन ल्याउने कुरामा बिश्वस्त रहेको ताम्राकार बन्धुले बताएका छन । महेश र जनकको जुनकिरी र काफल खान्या कुइयाँ पछील्लो समय निकै रुचाइएका गीत हुन । पहिलो प्रेमको आभासलाइ रमाइलो ढंगले पोक्त गरीएको यसगीतमा भने
“लौ लौ सररर पिरिमको आकशैमा , लौ लौ फररर शिमल झैँ बतासैमा,” जस्ता शब्दको प्रयोग भएको छ। यो गीत अहिले चलन चल्तीमा आएका गीत संगीत भन्दा फरक ढाँचाको रहेको बताइएको छ । यस गीतको म्युजिक भिडियोमा भने अहिलेका चर्चित नायक तथा मोडल आकाश श्रेष्ठ र चर्चित मोडल एलिसा राईको अभिनय रहेको छ । यस गीतको भिडियोलाई सागर प्रधानले निर्देशन गरेका छन् भने रेकर्ड हाउस प्रोडक्सनले निर्माण गरेको हो ।

Published date : 2018-07-13

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ