Flash

काठमाडौं,असार ३०
साउन २५ गतेदेखि प्रदर्शन हुने कमेडी फिल्म ‘पिरिम पर्या छन्’ को ट्रेलर शुक्रबार सार्वजनीक भएको छ । पुरन थापाको लेखन, निर्माण र निर्देशनमा बनेको फिल्मको ट्रेलर ओएरआर डिजिटलबाट सार्वजनीक गरिएको हो ।
झण्डै साढे दुई मिनेट लामो ट्रेलरमा दीलिप रायमाझी, जयकिसन बस्नेत, शुभेच्छा थापा, सुवास मेचे,रमेश बुढाथोकी, सोभित बस्नेत, राजाराम पौडेल, चाँदनी कोइराला,उमा कार्की,लय संग्रौला,पुरन थापा,सुरवीर पण्डितका कलाकार प्रस्तुत भएका छन् । माता बसुन्धरा मुभीज र बन्धु फिल्मस्को संयुक्त प्रस्तुति रहेको फिल्म बिमल ढकालले खिचेका हुन् । गाउँले परिवेशको कथामा निर्माण गरिएको फिल्ममा बिकास चौधरी र बिनोद भुजेलको संगीत र बाबु बलामीको द्धन्द्ध छ । फिल्मलाई सुनील मानन्धर र रोहित–रत्नले बितरण गर्दैछन् ।
यसअघि कमेडी फिल्म कान्छी मट्याङ ट्याङ निर्माण गरेका पुरन ‘पिरिम पर्या छन्’ प्रदर्शनपछि अर्काे फिल्म ‘फेरि फेरि’ दर्शक माझ ल्याउने योजनामा छन् । ‘फेरि फेरि’ मा अर्पण थापा र ऋचा शर्मा मूख्य भूमिकामा छन् ।

Published date : 2018-07-14

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ