Flash
काठमाडौं,
श्रावण २ ।
विगत चार वर्षदेखि हुँदै आएको तीज म्युजिक अवार्डको पाँचौ संस्करण हुने भएको छ । छाँयाछबि क्रिएशनले पाँचौ संस्करणका लागि गीत दर्ता लागि आव्हान गरेसँगै तीज अवार्डको पाँचौ संस्करण हुने भएकोे हो ।
‘हाम्रो भाषा हाम्रो संस्कृति आफ्नै चाडपर्वको सम्मान,
मौलीक गीत–सङ्गीत सम्बृद्धिको हाम्रो यो अभियान’
भन्ने नारा सहित हुन लागेको पाँचौ संस्करण पनि विगतका अवार्ड जस्तै सभ्य र भब्य रुपमा सम्पन्न हुने छाँयाछबि क्रिएशनका अध्यक्ष शान्तिप्रियले बताए ।
तीजका अवसरमा ८सय देखी १ हजार गीत प्रकाशित हुने गरेका छन् । यीनै तीजका स्रष्टा पुरस्कृत होउन् र स्रष्टाले सम्मान तथा प्रोत्साहन पाउन भनेर तीज अवार्ड गर्ने गरेको कार्यक्रमकी संयोजक गीताअधिकारीले बताइन् ।
यो अवार्डमा तीजका विभिन्न ३० विधा रहेका छन् । अवार्ड आगामी भाद्र २५ गते काठमाडौंमा सम्पन्न गरिने आयोजकले जनाएको छ ।
Published date : 2018-07-18