Flash

काठमान्डौँ , साउन ५
नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको पूर्व सन्ध्यामा गायक अमितबावु रोकाया र गायिका मिनु विश्वकर्माको आवाजमा रहेको नयाँ तिजको गीत बजारमा सार्वजनिक भएकोछ । बुर्तिबाङ म्युजिक प्राली र धुर्वे धुर्वेनी फिल्म प्राली प्रस्तुतीमा मोहन विरही श्रीपाली र दिलिप रसाइलीको मौलिक तिजको कोशेली“नाचँ मायालु” को भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।
तीजमा नेपाली नारीको पिडा र ब्यथालाई गीतको माध्यमबाट तयार पार्ने गरिन्छ । नेपाली मौलिक परम्परालाई जर्गेना गदैँ निकै रमाइलो पारामा गीत तयार गरिएको छ । गीतमा दिलिप रसाइली र बुर्तिबाङ म्युजिक प्रालीका प्रवन्ध निर्देशक मोहन विरही श्रीपालीको शब्द सिर्जना रहेको छ । भिडियोलाई अर्जुन कुमार सुनारले क्यामेरामा कैद गरेका छन् भने निर्देशन गोविन्द विवसले गरेका छन् । साथै कलाकारको अभिनयलाई जिवन्त राख्दैको भिडियो सम्पादन अमर विकले गरेका हुन् । भिडियो धुर्वे , धुर्वेनी , खेम बहादुर मगर र विमला बुढाथोकी को अभिनय रहेको छ ।

भिडियो –

Published date : 2018-07-20

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ