Flash

राजु बोहरा–काठमाडौँ । नेपालि लोक तथा दोहोरी गीत संगीतको सेरोफेरो भित्रको अर्को सांगीतिक स्वादको पाटो पछिल्लो समयमा नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०७५ लाइ लक्षित गर्दै धेरै गीत संगीतहरु बजारमा आइरहेका छन् । यसरी बजारमा आएको धेरै गीतहरु मात्र ब्यवासाहिक रुपमा सफल बनाउनका लागि तयार गरिएका हुन्छन् । जसको कारणले मौलिक तीज गीतको स्वाद अशंख्य श्रोता तथा दर्शकहरुले लिन नपाएका हुन् कि भन्ने चौतर्फी रुपमा गुनासोहरु बेला बखत आउने गर्दछन । यसै गुनासोलाई मध्यनजर राख्दै पछिल्लो पटक लोकप्रिय संगीत प्रालिले “तिजैमा माइत” बोलको गीत सार्बजनिक गरेको छ ।

बर्ष दिनको महान चाड तीजमा सम्पूर्ण चेलीहरुलाई वास्तविक तीज गीत मार्फत आनन्दको अनुभूति गराउनका लागि प्रस्तुत गरिएको यस गीतलाई रामु शर्माको नाममा बजारमा पठाईएको हो । तीज गीतको नाममा ब्यवासाहिक रुपमा मात्र सफल बनाउन धेरै गीतहरु बजारमा आइरहेको अहिलेको अवस्थामा यस गीत संग समन्धित कलाकारहरु सफल हुनेमा ढुक्क रहेको छ । यस गीतमा राधिका हमाल र रामु शर्मा सुमधुर स्वर रहेको छ । गीतलाई लय तथा शब्द सिर्जना गोपाल सापकोटाले गरेका छन् । मौलिक घेरालाई केन्द्रित गर्दै तयार पारिएको यस गीतको म्युजिक भिडियोमा अन्जली अधिकारी र महेन्द्र गौतमको अभिनय रहेको छ । भिडियोलाई निर्देशन प्रविन थापाले गरेका हुन् भने छायांकन तथा सम्पादन शक्ति प्रज्वल घिमिरेले गरेका छन् । हामी यस गीत संग सम्बन्धित सम्पूर्ण कलाकारहरुलाई सफलताको शुभकामाना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2018-07-25

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ