Flash

सेलो तथा आधुनिक नेपाली गीतका बाबु मोक्तान ( बि.एल ) को स्वर तथा अशुसेन लामा र उनकै शब्द रचना रहेको नयाँ गीत ‘सोल्टीनी सार्है मन पर्यो ’ गीत बजारमा सार्वजनिक भएको छ । यस गीतलाई अशुसेन लामाले संगित दिएका छन् भने गीतको निर्देशन निर्मल लामाले गरेका छन् । गायक बाबु मोक्तानको यस नयाँ गीतको म्युजिक भिडियोलाई भर्खरै भिमफेदी गाइजको युटुव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

कामको शिलशिलामा कोरियामा रहनुभएका गायक मोक्तान एक दशक भन्दा लामो समयबाट उनले आफ्नो सांगीतिक यात्रा सुरु गरेका हुन् । गायक मोक्तानले यो भन्दा अघि नै एल्बम ‘ विधाता ‘ बाट चर्चा कमाइ सकेका छन् । एल्बम ‘ विधाता ‘ मा जोमसोम बजारमा , मिठो घात , परदेशी दाजु जस्ता गीत समेटिएका थिए भने यो उनको दोस्रो एल्बम ‘वेदनाको घाउ ‘ को पहिलो म्युजिक भिडीयो रहेको छ ।

यस दोस्रो एल्बम मार्फत गायक मोक्तानले स्याउ खानु रसिलो मार्फाको , हृदयमा वेदनाको घाउ , धेरै नसा पिउने बानी जस्ता गीत बजारमा ल्याउने अन्तिम तयारी भइरहेको जानकारी दिएका छन् ।

गीतलाई राधा लामाले निर्माण गरेका हुन् भने यसमा पवन सुस्लिङकाे छयाङ्कन र सम्पादन रहेको छ । यस गीतमा चर्चित डान्स ग्रुप भिमफेदी गाइजको दमदार नृत्य रहेको छ । गीतमा निर्मल लामा, मिथुन लामा, मन्जित लामा, अन्जन लामा, सबिन लामा, रिना राई, मञ्जु लामा र पासाङ लामाको अभिनय रहेको पाइन्छ ।

हेर्नुहोस गीतको यो भिडियो

Published date : 2018-07-28

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ