Flash

राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतका अनुरागीहरुका लागि कसरी फरक स्वाद दिन सकिन्छ भन्दै यति बेला धेरै कलाकारहरु उत्कृष्ट सांगीतिक स्वाद पस्किनका लागि तल्लिन देखिन्छन् । सोहि क्रममा आधुनिक गीत संगीतका प्यासी मनहरुका लागि लक्षित गर्दै भीमसेन गौतम (उदास) को शब्द रचनामा “पागल” सार्बजनिक भएको छ । कुनै पनि गीत तयार हुँदा सम्बन्धित कलाकारको यथार्थता संग सम्बन्धित भनेर धेरै गीतहरु सार्बजनिक हुने गरेको छ । त्यसैले यस गीतको भाव भाव पनि गीतकार स्वयम् भीमसेन गौतम (उदास) को वास्तविकता संग सम्बन्धित त होइन ? कतै गीतकार प्रेम वियोगमा पागल भएका त होइनन् ? यो सोच सबैमा उत्पन्न हुन सक्दछ ।तर हामि भन्छौं गीत आफैमा गीत मात्र हो ।

“पागल” बोलको गीतमा अमिर तामांगको सुमधुर स्वर सुन्न सकिन्छ भने यस गीतलाई भीमसेन गौतम (उदास) ले नै संगीत भरेका छन् । पल्विका डिजिटल प्रालिले सार्बजनिक गरेको यस गीतको म्युजिक भिडियोमा अमिर तामांग, लिज्जा मगर, अर्जुन दुम्जाली, भीमसेन उदास, र अजिता श्रेष्ठको जिबन्त अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देसन तथा सम्पादन नारायण मगरले गरेका हुन् भने छायांकन एकान्त मगरले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2018-08-02

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ