Flash

राजु बोहरा–काठमाडौँ । कुनै पनि काम गर्दा निरन्तरताले मानिसलाई गन्तव्यमा पुर्याउछ । यसैलाई मध्यनजर राख्दै बिगत निकै लामो समय यता नेपाली कलाकारिता क्षेत्रमा क्रियासिल नरेन्द्र लर्कु आचार्य आफुलाई कतै थकानको महसुस नगरी अगाडी बढिरहेका छन् । उनि गायन बिदामा उत्तिकै खुविवान हुन् भने बिभिन्न नेपाली गीत संगीतको म्युजिक भिडियोमा अभिनय गरेर एक कुसल मोडलको रुपमा पनि परिचित बनिसकेका छन् । अहिले सम्म नरेन्द्रले घाँसै काट्ने हसिया, दियो बाल्दै छु, धौलागिरी अग्लो, छाती चर्किन्छ, लगाएतका धेरै गीतहरु आफ्नो कर्णप्रिय स्वर लहरी बाट बजारमा ल्याईसकेका छन् । उनले अभिनय गरेको म्युजिक भिडियोहरु पनि अहिले डिजिटल बजारमा प्रसस्त पाइन्छ ।

उनै कर्म प्रति बिस्वास राख्ने नरेन्द्रले नेपाली नारीहरुको महान चाड हरितालिका तिज २०७५ सालको शुभकामना सहित पछिल्लो पटक बिष्णु बगाले संगको सहकार्यमा तिज सांगीतिक कोसेली “पहिलो चुम्बन” बजारमा ल्याएका छन् । आफु स्वयम् द्वारा अभिनित यस गीतको म्युजिक भिडियोमा नरेन्द्रलाई यस गीतकी प्रस्तुतकर्ता बिष्णु बगाले मगरले साथ् दिएकी छिन् । तिजको समयलाई लक्षित गर्दै “पहिलो चुम्बन” बोलको गीतलाई सार्बजनिक गरिएता पनि अन्य समयमा पनि यस गीतको आनन्द लिन सकिन्छ । नरेन्द्र लर्कु आचार्य र बिष्णु बगालेको सुमधुर स्वरले सजिएको यस गीतलाई बिष्णु बगालेले लय तथा शब्द सिर्जना गरेकी छिन् । निकै रोमान्चक ढंग बाट तयार पारिएको यस गीतको म्युजिक भिडियोलाई निर्देशन उमेश गुरुङ ले गरेका हुन् भने छायांकन मधुर बस्नेत र सम्पादन सुजन शाहीले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2018-08-04

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ