Flash

राजु बोहरा–काठमाडौँ । लोक भन्ने बित्तिकै समाज बुझिन्छ, समाजमा भए गरेका घटना परिघटना लाई लोक लयमा बुनेर बाहिर ल्याउनु नै लोक तथा दोहोरी गीत संगीतको बिशेषता हो । तर पछिल्लो समयमा धेरै कलाकारहरु ब्यवासाहिक मुखी बनिरहँदा यी यस्ता लोक जीवनका यथार्थताहरु ओझेल परेका हुन् कि भन्ने जो कोहीलाई पनि भान हुन सक्दछ । हो यसैलाई मध्यनजर राख्दै आफ्नै कला संस्कृति र मौलिकताको जगेनार्थ पल्विका डिजिटल प्रालिले एक समय साप्यक्ष्य तीज गीतलाई भर्खरै बजारमा सार्बजनिक गरेको छ । उक्त गीत स्वदेशमा रेल गुडाउने र मेलम्चीको पानि काठमाडौँ आउने बिषय संग सम्बन्धित रहेको छ ।

राजनैतिक उथलपुथल र कुर्सि मोहमा मात्र नेताहरु लागिरहँदा बिकाश निर्माणको काम ओझेल परेको हो भन्दै बिन्ग्य प्रहार गरेर तयार पारिएको यस गीतमा सावित्री जोशी, लोकेन्द्र चन्द र नेत्र प्रसाद ज्ञवालीको सुमधुर स्वर रहेको छ । प्रतिभावान कलाकार नकुल गौतम द्वारा लय तथा शब्द सृजना भएको यस गीतको म्युजिक भिडियो बाट पनि सम्बन्धित निकायलाई ध्यान आकर्षण गराएको छ । भिडियोमा दमन रुपाखेती, निरु खड्का, जनक बर्तौला सरिता गौतम र सागर चौलागाईंको अभिनय देख्न सकिन्छ । यस गीतको म्युजिक भिडियोलाई निर्देशन भीमसेन अधिकारी (भोगटे डन) ले गरेका हुन् भने छायांकन रेशम दर्लामी र सम्पादन सरिता गौतम ले गरेकी छिन् । यो गीत नेत्र प्रसाद ज्ञवाली र लोकेन्द्र चन्दको प्रस्तुतिमा बजारमा आएको हो ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2018-08-04

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ