Flash
राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा बिगत निकै लामो समय यता क्रियासिल रहँदै आएका गाएक तथा सर्जक राजेन्द्र भण्डारीले आफ्नो पछिल्लो सांगीतिक कोसेली “कुल्फी वाले भैया” लिएर आएका छन् । तिज को अबसर पारेर सार्बजनिक गरिएको यस गीतलाई राधिका ढाकलको प्रस्तुतिमा सार्बजनिक गरिएको हो । ठट्यौली र फरक धारमा रहेको यस गीतमा राजेन्द्र भण्डारी र राधिका ढकालको सुमधुर स्वर सुन्न सकिन्छ ।
गायक भण्डारी भण्डारी तिनै सर्जक हुन जसले मापासे बोलको गित बजारमा ल्याएर चर्चामा आएका थिए । उनले जनचेतनामूलक गित हरु पनि बजारमा पस्किदै आएका छन् । राजेन्द्र भन्छन्, कलाकार भैसकेपछी जनतालाइ चेतना दिने खालको शृजना गर्नु पर्छ र म त्यसैमा लागेको छु । उनले अहिले ल्याएका तिज कोशेली “कुल्फी वाले भैया” बोलको गित पनि त्यही अनुसारको ठट्यौली रहेको छ ।
राजेन्द्र भण्डारीको लय तथा शब्द सृजनाले सजिएको यस गीतको म्युजिक भिडियोमा अभिनय स्वयं भण्डारी र निरु खडका (ठ्यासकुमारी) को देख्न सकिन्छ ।भिडियोलाई निर्देशन निर्देशन खमेश श्रेष्ठले गरेका हुन् भने छायांकन सागर गौतम र सम्पादन अमर शाक्यले गरेका छन् । यस गीतको अडियो तथा भिडियोलाई मेनुका डिजिटलले बजार ब्यबस्थापन गरेको छ ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।
Published date : 2018-08-07