Flash

काठमाडौं– पप, आधुनिक तथा चलचित्रका गीतमा स्वर दिइरहेका गायिकाद्वय जुना प्रसाईं तथा प्राश्ना शाक्यले तीजको पूर्व सन्ध्या पारेर आफ्नो नया“ तीज गीतके म्युजिक भिडियो सार्वजनिक गरेका छन् । ‘तीज आयो आफूलाई चै“ अर्कै व्यथा छ…’ शीर्षकको उक्त गीतमा शिव हमालको शब्द तथा संगीत छ । विश्वास नेपालले उक्त गीतमा संगीत संयोजन गरेका छन् ।

युवराज वाइवाद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा जुना र प्राश्नाले नै आकर्षक नृत्य गरेका छन् । भिडियोमा उनीहरुलाई अभिनेता ध्रुव न्यौपानेले अभिनयमा साथ दिएका छन् ।

‘लोक गीत–दोहोरी गीतमा त्यति अभ्यस्त नभए पनि तीज आएपछि हामी आफैं उत्साहित हुन्छौं, गायिका प्रसाईं तथा शाक्यका अनुसार उनीहरु विगत केही वर्षदेखि लगातार रुपमा तीजका गीत गाइरहेका छन् । उनीहरुका गीतलाई दर्शक तथा स्रोताले पनि सकारात्मक रुपले ग्रहण गरेका छन् ।

मनिता गहतराजद्वारा कोरियोग्राफी गरिएको उक्त भिडियोलाई उत्सव दाहालले छायांकन गरेका हुन् । निशान घिमिरेले उक्त भिडियो सम्पादन गरेका हुन् । हाइलाइट्स नेपालको यूट्युब च्यानलबाट उक्त भिडियो अपलोड गरिएको हो ।

Published date : 2018-08-09

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ