Flash

राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा पछिल्लो पटक तीज गीतहरु बजारमा प्रसस्त सार्बजनिक भैरहेका छन् । तर यसरी सार्बजनिक भएको धेरै तीज गीतहरु आफ्नै मौलिकता बाट टाढा रहेर तयार पारिका हुन्थ्ये । तर यो हुँदा हुदै पनि पोहोर सालको तीज गीतको तुलनामा यो साल भने समग्र रुपमा ९०% भन्दा बढी आफ्नै कला संस्कृति र मौलिकताको जगेनार्थ यी प्रस्तुतिहरु सार्बजनिक भैरहेका छन् ।

पहिले-पहिलेका समयलाई ख्याल गर्ने हो भने कुनै पनि मौलिक गीतहरु खोज्नका लागि विभिन्न गाउँ ठाउँमा पुगेर संकलन गरिन्थ्यो रे तर छातीमा नेपालको मोह र आफ्नै गाउँ वस्तीको सम्झना मुटुमा भएपछी समय र प्रब्रिधिको विकास संग संगै यी यस्ता गीत संगीतहरु सिर्जना गर्नका लागि कुनै झोलीतुम्बा बोक्नु पर्ने आवस्यकता छैन । यसैलाई मध्यनजर गर्दै यतिबेला संचारकर्मी एवं गायिका कल्पना दुलालले एक मौलिक तीज गीतलाई सार्बजनिक गरेकी छिन् ।

स्थाई घर सिन्धुपाल्चोक भएकी संचारकर्मी तथा गायिका कल्पनाको यो तीज गीत “अर्गानिक तीज” नाममा बजारमा आएता पनि बिकृति र विसंगतिले भरिएको तीज पर्वलाई अब वास्तविक तीजको रुपमा मनाउनु पर्छ भन्ने संदेश फैलाउन खोजेको छ । प्रस्तुत गीतमा कल्पनाको एकल स्वर रहेको छ भने यस गीतलाई लय बि.बि अनुरागी र शब्द सुमन श्रापितले भरेका छन् ।

गीतको भाव अनुसार भिडियोलाई पनि निकै आकर्षक बनाउने प्रयास गरिएको छ । “अर्गानिक तीज” बोलको गीतको म्युजिक भिडियोलाई क्रिष्टिना दुलाल, युनिशा थापा, धुर्बराज खड्का, माधब खनाल र हरी कार्कीले आफ्नो अभिनय मार्फत थप उत्कृष्टता दिने प्रयास गरेका छन् ।भिडियो मधुर बस्नेतको निर्देशन तथा छायांकन र बिबेक बि. क को सम्पादनमा तयार भएको हो ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2018-08-09

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ