Flash
कमल सिम्ताली,काठमाडौ – एस.एन.जी.प्रोडक्सन प्रालिको गौरवमय प्रस्तुतिमा केशरी घर्तिको “सिसि क्यामेरा” बोलको तिजको कोसेली बजारमा आएको छ । चर्चित गायक शक्ति चन्द र केशरी घर्तीको स्वर रहेको “सिसि क्यामेरा” बोलको तिज गीतको शब्द तथा संगित सुमन गिरीको रहेको छ । चर्चित निर्देशक मौसम हिमालीद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा चर्चित मोडल करिश्मा ढकाल र तिलक शाही ठकुरीको नृत्य देख्न सकिन्छ ।
दुर्गा पौडेलको छयान्कन र नवीन रेश्मी मगरको सम्पादनमा गायक चन्दकै अफिसियल युटुब च्यानल मार्फत बजारमा ल्याईएको हो । गायक चन्दले थुप्रै लोक तथा दोहोरी गीतहरु, टप्पा गीतहरु, सिंगारु गीतहरु, सालैजो गीतहरु लगाएत तिज गीतहरु बजारमा ल्याईसकेका छन ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।
Published date : 2018-08-10