Flash

राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्र संग सम्बन्धित कलाकारहरुले समय र परिस्थितिलाई बुझेर बिभिन्न गीत संगीतहरु बजारमा ल्याइरहेका हुन्छन् । त्यसैले पनि यी यस्ता गीत संगीतमा लोकका कुरा हुन्छन् र आफ्नै कला संस्कृति र मौलिकताका कुरा हुन्छन् । सोहि क्रममा आफ्नै कला संस्कृति र मौलिक पनको जगेनार्थ हिन्दु नेपाली नारीहरुको महान चाड तीजलाई लक्षित गर्दै पछिल्लो पटक बिभिन्न गीत संगीतहरु बजारमा आइरहेका छन् ।

यसैको सेरोफेरो भित्र रहेर बहुप्रतिभाका धनी चर्चित गायक तथा संगीतकार नेत्र भण्डारीको लय, स्वर र महिमा बिश्वकर्माको स्वरले सजिएको “पसिना” बोलको गीत पनि हालै मात्र मालती डिजिटल प्रालिको प्रस्तुतिमा म्युजिक नेपालको युट्युब च्यानल मार्फत सार्बजनिक भैसकेको छ । प्रस्तुत गीतमा पछिल्लो पटक उत्कृष्ट गीत लेखन शैलीबाट सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल कुशल गीतकार सन्ध्या के.सीको शब्द सृजना रहेको छ ।

गीतको मिठासता जस्तै म्युजिक भिडियो पनि निकै उत्कृष्ट बनेको छ । भिडियोमा उत्कृष्ट अभिनय मार्फत धेरै दर्शकको मन जित्न सफल गायक तथा मोडल सुमन परियार र करिश्मा ढकालको अभिनय रहेको छ । काजिश श्रेष्ठको निर्देशनमा तयार भएको यस गीतको म्युजिक भिडियोलाई छायांकन अजय रेग्मिको गरेका हुन् भने सम्पादन दिपक बिष्टको सम्पादन गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2018-08-11

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ